Saturday, October 15, 2011

पण्डित दीनबन्धुलाइ सेक्स अफर

पण्डित दीनबन्धु पोखरेल । जसको नामैमा सम्पूर्ण परिचय लुकेको छ । चर्चित पण्डित नारायण पोखरेलका पुत्र उनको आफ्नै उपाधि छ 'बाचन प्रविण' । अंग्रेजी साहित्यमा स्नातकोत्तर सकेका सांगितक प्रवचनमा नयाँ शैली र शिल्पको प्रयोग गर्दै हिन्दुधर्म दर्शनलाई समाज विकासमा जोडेर परिवर्तनको अभियानमा होमिएका अभियन्ता । पूर्वीय दर्शनलाई नयाँ ढंगले समाज रुपान्तरणमा लगाउनु पर्छ भन्ने पण्डितलॆ प्रेम विवाह र यौनलाई कसरी हेरेका होलान् सदरमुकाम चौतारालाई शैक्षिक नगरी बनाउन आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा पूराण बाच्न आएका उनलाई हाम्रो भेटमा यही प्रश्न सोधियो । पण्डितजी प्रेम विवाह र यौनलाई कसरी हेर्नु भएको छ एकाविहानै मानवीय यौन व्यवहारबारे बताउनु पर्दा केही अकमकाएका पण्डितबाट अब सुरु भयॊ प्रेम प्रवचन ।


'प्रेम दुई आत्माबीचको मिलन हो' सर्वमान्य त नभनौं तर दुनियाँले भन्दै र मान्दै आएको प्रेमको यो परिभाषा नै मिल्दैन भनिदिए उनले । धेरैले प्रेमको त्यही परिभाषालाई दुहाई दिएर लगनगाँठो जोडेका छन् । हे ! प्रभु त्यसो भए के हो त प्रेम अंग्रेजी साहित्य पढेका पूर्वीय दर्र्शन अंगालेका पण्डित प्रेमलाई यसरी परिभाषित गर्छन् 'प्रेम आत्माको मिलन हुन सक्दैन । आत्मा अर्को आत्मा वा शक्तिसँग मिल्न सक्दैन । 'त्यसो भए के त प्रभु प्रेम 'प्रेम दुई भावनाबीचको मिलन हो एकअर्कामा मिल्ने भनेकै भावना हो' एक वाक्यमा प्रेमको परिभाषा दिए पण्डितले । सकिदैन प्रभु सकिदैन यी ब्राम्हणसँग बरु प्रेमको परिभाषा नबुझी प्रेम गर्ने यो दुनियाँ र आफैंप्रति दया लाग्यो ।

प्रेममा आशक्त पुरुष पे्रमिकालाई पाउन विवाहअघि आकाशको तारा झारिदिन्छु भन्छ । तर पण्डितको नजरमा विवाह त्यती हलुका चिज होइन । 'सम्झौता' पण्डितले एक शब्दमा विवाहको परिभाषा दिए । आजको मात्र होइन कृष्ण र १६ सय गोपिनीका विवाह सुनाउने यी गुरुजीसँग थप प्रश्न गर्ने हिम्मतै आएन ।

पढालेखा ब्राम्हण मुलुकमै कहलाएका पण्डित मिठो स्वरका धनी टम्म मिलेको गोलो अनुहार अनि कशिलो शरिर । पुराण बाच्दै मुलुकका विभिन्न जिल्ला घुमेका पण्डित पोखरेललाई देखेर कति 'मेरीहरु भुतुक्कै भए होलान्' र उनको सौन्दर्यमा हराएर कतिले 'सेक्स अफरु गरे होलान् यौनप्रति बढीनै खुले पण्डितजी 'मलाई सेक्स अफर आएको थियो । तर संलग्न भइन् ।' हामी भए त त्यस्तो अवसर गुमाउँदैनथ्यौं प्रभु ढाँटेको भए मरिकाटे मिल्दैन । पण्डित मुस्कुराए 'मेरो पेशाले दिएन । इज्जतले दिएन । 'दुइ वर्षअघि लगनगाँठो जोडेका पोखरेलले बिहेअघि कसैसँग यौन सम्पर्क नभएको संकेतिक दाबी गरे । धार्मिक प्रवचनमा विहेअघिको यौन सम्पर्क र परस्त्री परपुरुषगमन बेठिक भन्ने पण्डितजीले यसो भने 'भावना मिल्छ भने केही फरक पर्दैन तर गोप्य हुनुपर्छ ।'

मुलुकले नै बाहबाही गर्ने पण्डितप्रति आफ्नै परिवारको भने गुनासो रहेछ । श्रीमती र आमाको सँगै घुम्ने र सँगै बसेर रमाइलो गर्ने इच्छा रहेछ । अनि 'तैले' हाम्रो लागि समय दिइनस् भनेर पण्डितलाई खनखन गर्दा रहेछन् । 'परिवारभन्दा समाज ठूलो हो भन्ने लाग्छु'घर परिवारालाई सयम नदिएको प्रश्नमा उनले आदर्शबादी जवाफ दिए । एउटै महायज्ञमा ५५ करोड रुपैयाँ नगद जुटाउने पण्डितको राजधानीमा आलिशान महल होला । त्यही अनुसारको बैंक व्यालेन्स पजेरो आदी आदी कुनै कुराको अभाव छैन होला सबैलाई यस्तै लाग्दो हो । तर उनको परिवार सात हजार मासिक भाडा तिरेर राजधानीमा बस्छ । यो आश्चर्य नै भयो ! यत्रो पण्डितको राजधानीमा घर छैन 'सत्य एक करोड रुपैयाँको घर किन्ने हैसियत छैन मसँग' उनले कारण दिए 'मान्छेले सोच्दा हुन् दीनबन्धुले महायज्ञमा प्रतिशत लिन्छ टन्न कमाउँछ । तर त्यसो होइन । २० जनाको भजन टोली छ । हाम्रो अन्य पेशा छैन' उनले गहकिलो तर्क गरे 'यज्ञलाई सामाजिक क्रान्तिको अभियान बनाएका छौं । धर्मलाई व्यपारिक बनाएका छैनौं । धर्ममा यो प्रवृत्तिको विकास हुन दिनु हुँदैन ।' त्यसो भए पण्डितले भाडा तिरेरै जीवन गुजारा गर्ने भए होइन पण्डित केहीबेर अकमकाए र परिवारको उही गुनासो प्रस्तुत गरे 'मेरो पनि परिवार छ । उनीहरुप्रति दायित्व पनि छ । हामी कहिलेसम्म भाडामा बस्ने भनेर आमा र श्रीमतीको गुनासो पनि छ ।' यसअघि उनी बोलेनन् ।

अंग्रजी साहित्यको विद्यार्थी धर्मतिर
पीताजीको हत्याले उनलाई पण्डित दीनबन्धु बनायो । तीन वर्षअघि पण्डित नारायण पोखरेलको हत्यापछि पीताजीको बिँडो थाम्दै उनी धर्मतिर होमिए । पीताजीको हत्या नभएको भए उनी सायद अहिलेसम्म यस क्षेत्रमा आउँदैनथे होला । आफ्नो आगमनलाई उनी आफैं आकश्मिक भन्छन् । 'पीताजी हुँदै उहाँको शेषपछि यतातिर लाग्ने आन्तरिक सहमति भएको थियो । तर पीताजीको हत्याले जागृत गरायो र चाँडै यतातिर डोहोर् यायो । ढिलोचाँडो यतातिर लाग्ने कुरो छदैथियो । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेपनि संस्कृत साहित्य तथा पूर्वीय दर्शन गहन लागेकाले त्यसप्रति झुकाब बढाउँदै लगेको थियो ।'

हत्यापछि पोखरेलको काँधमा पीताजीको जिम्मेवारी हस्तान्तरण भयो । एकातिर पीताजीको हत्या अर्कातर्फ लोकतान्त्रिक आन्दोलनपछिको परिवर्तन र संक्रमणकालिन मुलुकको अवस्था । चुनौतीका बीचमा उनी पीताजीको बाटोमा लागे । २५ वर्षे उरेन्ठेउलो ठिटो क्याम्पस र घरको कोठाबाट बाहिर ननिस्केको । कहिल्यै ठूलो 'मास' को 'फेसु'नगरेको । लोकतान्त्रिक आन्दोलनका घाइते र सहिद परिवारको सहयोगार्थ राजधानीको गोगंबुमा जेठ ०६३ मा उनले पहिलो महायज्ञ लगाए । 'एकैचोटी ठूलो मासको फेस गर्नुपर्दा निकै अफ्ठेरो लागेको थियो' दीनबन्धुबाट पण्डित दीनबन्धुका रुपमा स्थापित हुँदै यज्ञ यात्राको संघर्षशिलयात्रा सम्झिए ।

यसबीचमा उनले करिब ५० जिल्लामा सवा सय यज्ञ लगाइसकेका छन् । 'यज्ञबाट मात्रै ४ अर्ब रुपैयाँमाथिको नगद संकलन गरिदिएको छु उनले हिसाव सुनाए । नगद संकलन र जनसकि्रयताका कारण मध्यपश्मिााचल विश्वविद्यालय स्थापनाका लागि सुर्खेतमा गरिएको महायज्ञ उनलाई अहिलेसम्मकै उत्कृष्ट लागेको छ । जनमैत्री अस्पताल साचालनार्थ माओवादीले लगाएको महायज्ञ पनि उनको सम्झन लायक यज्ञभित्र पर्छ । बाबुको नामले दीनबन्धु पण्डित दीनबन्धु बन्न सफल भएको चर्चा छनि नीतिमा बाँधिएका धर्मपालक पण्डित बोल्छन् 'पीताजीको हत्या भो । त्यो साहानुभूति पनि हुनसम्क्छ । खासमा सामाजिक रुपान्तरणको अभियन्ता भएको कारणले पण्डित दीनबन्धुको रुपमा स्थापित भएको हुँ ।'

आजको नेतृत्वबाट देश अघि बढ्दैन
आफूलाई राजनीतिकशास्त्रको पनि विद्यार्थीका रुपमा उभ्याउँदै पण्डितले देशको राजनीतिक अवस्थाप्रति गहिरो चिन्ता दर्शाए । मुलुकको राजनीति 'अराजनीति' तर्फ लम्केको उनको ठहर छ । उनी हाक्काहाकी भन्छन् 'आजको राजनीतिक नेतृत्वबाट देश अघि बढ्न सक्दैन ।' नेतृत्वमा ६ गुण अत्यावश्यक देखेका छन् पण्डितले । 'दुरदर्शिता पक्षपातरहित हिच्किचाहट दक्षता चामात्कारिक योग्यता र निडर नेतामा नभई नहुने गुण हुन्' विभिन्न अध्याय हुँदै पण्डित राजनीतिक प्रवचन तिर लागे । के हाम्रा नेतृत्वमा ती गुण छैनन त तथ्यको धरातल टेक्दै पण्डित भक्तजनलाई झैं भन्नथाले '६ सय एक जनाको संविधानसभामा दुई सय ७६ जना अनपढ छन् । उपराष्ट्रपति सर्वोच्च अदालतको आदेश मान्दैनन् । राजनीति कमाई खाने भाँडो भएको छ ।'

अहिलेको 'अराजनीति' लाई राजनीतिमा बदल्ने उपाय आध्यात्मिक शिक्षा हो भन्छन् छ पोखरेल । आध्यात्मिक शिक्षा मन्दिर जानु पुजा गर्नु मात्र होइन यो नैतिक आचारण हो उनको जोड छ 'नेतामा नैतिकता हुनैपर्छ । सामाजिक सेवाको राजनीति अब हावी हुनुपर्छ । नैतिक आचरणले यो सम्भव हुन्छ । 'नयाँ पुस्ताका नेतासँग पनि उनको चित्त दुखाई रहेछ । युवा नेतामा पुरानै नेताको धङधङी छ रे ।' यसलाई छोडेर नयाँ चिराबाट अघि बढ्नु पर्छु युवा नेतालाई उनको सुझाव छ ।

पार्टीहरुले जातीय नारा लिएर राजनीति गरेकोमा पण्डितजी खिन्न छन् । संघीयतामा जाने तरखरमा रहेको नेपाल जातीय नाराले जिम्बाबे बन्ने खतरा औंल्याए । 'नेपाल सानो छ । जातीय आधारमा संघीयता निर्माण गर्दा एकले अर्को जातलाई कुखुरी हान्ने दिन आउन सक्छु' जातिका नाममा राजनीति नगर्न उनलेदललाई हार्दिक आग्रह गरे ।

के हो गुरुदेब राजनीतिमै लाग्ने विचार छ क्या हो अब पण्डितजीले राजनीतिक रहस्य खोल्न थाले । संविधानसभामा उनलाई सभासद् बन्न अफर आएको थियो रे । त्यो पनि एउटा हो र प्रभावशाली तीन दलबाट । 'माओवादी कांग्रेस र एमालेले सभासद बनिदिन आग्रह गरेका थिएु विशेषज्ञ ल्याइने भनिएको २६ जना छनौटमा चित्त नबुझेको दाबी गर्दै भने 'मैले भ्याउन्न भनिदिएर स्वीकार गरिन ।'

पीताजीलाई पहिलो धार्मिक सहिद घोषणा गरिएपनि पीडित परिवारको नाताले होला छोरा पण्डितको चित्त बुझेको छैन । उनको चित्त दुखाईको विषय हो अहिलेसम्म हत्यारा पत्ता नलाग्नु । 'यो राज्यको निर्लज्जता हो । परिवर्तनकारी धार्मिक अभियन्ताको हत्यारा अहिलेसम्म पत्ता नलाग्नु कहाँसम्मको कुरा हो तर म क्षोव प्रकट गर्न चाहान्न ।' को होला नारायण पोखरेलको हत्यारा पीताजीको हत्या प्रसंग उठ्नासाथ दीनबन्धु एकाएक भावुक बने । 'जनमानसले नै प्रतिकि्रया दिइसकेको छ । माओवादी नेता बाबुराम प्रचण्डसँगको भेटमा पनि यस विषयमा कुरा भएको थियो । उहाँहरुले आफ्नो पार्टीले हत्या गरेको होइन भनेरे भन्न सक्नु भएको छैन । हत्या गर्ने केन्द्रको निर्णय थिएन कसैको उक्साहटमा लागेर पार्टीका कार्यकर्ताद्धारा हुनसक्ने उहाँहरुले भन्नु भएको छ ।

जनमत संग्रह गरिनुपर्थ्यो
नेपालमा हिन्दुधर्मावलम्बीको बहुलबाद छ । जसले पूर्वीय दर्शनलाई आदर्श मान्छन् । पूर्वीय दर्शनको व्याख्याता पण्डित दिनबन्धुलाई नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको कस्तो लागेको होला प्रश्न टुंगिन नपाउँदै प्रत्युतर लगाए '६ सय एक जनाले ताली ठोकेर धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न मिल्छ' उनले विकल्प प्रस्तुत गरे 'यसको निर्णय गर्न जनमत संग्रह गरिनु पथ्र्यो । यसो गरिएको भए अतिबादी हिन्दुहरुले चलखेल गर्ने स्थान हुँदैनथ्यो । तिन्ले धार्मिक कलह मच्चाउन सक्छन् ।'
प्रेम विवाह र यौन धार्मिक यात्रा परिवार राजनीति पण्डित नारायण पोखरेलको हत्या प्रसंग तथा धर्म निरपेक्ष राष्ट्र घोषणाका ६ अध्याय सकेर दीनबन्धु सातौं अध्यायमा प्रवेश गरे । धार्मिक अभियानको अन्तिम गन्तव्य कहाँ हो गुरुदेव भनेर शिश्य झैं यस अध्यायको सुरुमै राखिएको पहिलो तथा अन्तिम जिज्ञासा मेट्दै पण्डित टुंगाउनीमा लागे 'रोग भोक र शोकरहित सत्य स्थापना गर्ने अभियानको लक्ष्य हो । एक दिन सबै अध्यात्मिकतामा आउनैपर्छ ।'

1 comment:

  1. पण्डित दीनबन्धुलाइ सेक्स अफर
    पण्डित दीनबन्धु पोखरेल । जसको नामैमा सम्पूर्ण परिचय लुकेको छ । चर्चित पण्डित नारायण

    ReplyDelete