Tuesday, July 2, 2013

ओखरेनी लुटियो


चौतारा–जिल्लाबाट प्रकाशित हुँदै आएको ओखरेनी साप्ताहिक कांग्रेस कार्यकर्ताद्धारा लुटिएको छ । मंगलबार प्रकाशित भएपछि वितरणका लागि बाह्रविसे पु¥याइएको पत्रिका साँझ नेविसंघका पूर्वजिल्ला सचिव युधिर पौडेल र तरुण दल क्षेत्रीय सदस्य बने भन्ने बालकृष्ण बस्नेतले लुटेका हुन् । 

‘बाह्रविसे पुलवारीसम्म वितरणपछि त्यसउता बाँड्न लैजादै गर्दा पत्रिका लुटे,’ वितरक बासु बडालले  भने । उनीहरुले विक्रीका लागि बाह्रविसेस्थित सुनकोसी स्टेशनरीमा राखिएको पत्रिकासमेत उठाएका थिए । वितरण गर्दै गएकाले लुटिएको प्रति भने यकिन भन्न नसकेको बडालले बताए । 
पत्रिकाको अन्तिम पृष्ठमा आरोह–अवरोह स्तम्भमा प्रकाशित ऋषिराम पौड्यालको ‘कांग्रेसको पद विक्रीमा !’ शीर्षकको लेखका कारण पत्रिका लुटिएको अनुमान गरिएको छ । लेखमा अपराधिक पृष्ठभूमिबाट एकीकिृत माओवादी हुँदै काँग्रेस छिरेका सुगन श्रेष्ठलाई तरुण दलको अध्यक्ष बनाउन कसरत भएको र जिल्ला कोषाध्यक्ष जितेर कांग्रेस प्रवेश गरेका देवेन्द्र खत्रीले संविधानसभा सदस्यको टिकट दाबी गरिंरहँदा लामो त्याग गरेका पूराना कार्याकर्ताले उपेक्षित महसुस गर्न थालेको विषय उल्लेख छ । 
वर्षदेखि प्रकाशित हुँदै आएको ओखरेनी अनलाइन संस्करण अनलाइन सिन्धुको भगेनी छापा प्रकाशन हो । के थियो त पौड्यालको लेखमा ? यहाँ क्लिक गर्नुहोस्http://onlinesindhu.com/index.php?option=com_content&view=article&id=591:rishi-49&catid=16:view&Itemid=104

No comments:

Post a Comment