Thursday, March 29, 2012

नागरिककर्मी दङ्गाललाई पुरस्कार

सिन्धुपाल्चोक, चैत १६– नागरिक दैनिकका सिन्धुपाल्चोक सहकर्मी ध्रुव दङ्गाल नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाद्वारा सम्मानित हुने भएका छन्। महासङ्घको ५७ औं स्थापना दिवसको अवसरमा बिहीबार बसेको कार्यसमिति बैठकले
दङ्गालसहित चार पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको हो।

Wednesday, March 21, 2012

कमाउन गएकी चेलीको पैसा है'न, शव आयो

ध्रुव दंगाल, सिन्धुपाल्चोक, चैत ९- सिन्धुपाल्चोककै लोकगायक घमेश दुलालको स्वरमा गुन्जने '....मरे चिठी धागोले बाँधेको बाँचे होला भेट' बोलको गीतले अझै परदेशीयकाका आफन्तको मन कुँडिन्छ। यो कस्तो संयोग! गीत जस्तै कमाउन साउदी अरब गएकी लक्ष्मी खड्का गुरुङ फर्केर त आइन्, तर शव बनेर।

Tuesday, March 20, 2012

पास त हुनै पर्रयो नि : जल्केनीस्थित रमादेवी मावि केन्द्रमा एसएलसी परीक्षा दिंदै परीक्षार्थी । जिल्लाका ५ हजार बढी विद्यार्थी एसएलसीमा सहभागी छन ।   तस्बिर : मेरो चौतारा

८४ जना आमा–बाबुले दिए एसएलसी

चौतारा, चैत ७- मङ्गलबारबाट सुरु एसएलसी परीक्षाको पहिलो दिन रत्‍नराज्य मावि चनौटे र चण्डेश्वरी मावि भोटसिपा केन्द्रमा बुढ्यौलीतर्फ
धकेलिएका बा–आमा पनि देखिए। सन्तानले घेरिएका उनीहरु फूर्तिसाथ अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका थिए। 'नआत्ती राम्रोसँग लेख्‍नूस्'- निरीक्षक
उनीहरुलाई हौस्याउँथे। उनीहरुमध्ये कतिपयका छोराछोरीसमेत एसएलसी दिइरहेका छन्।

Monday, March 19, 2012

काम नगरेको निहुँमा पत्‍नीको हत्या

ध्रुव दंगाल, चौतारा, चैत ७- तीन दिनअघि घरको बुँइगलमा झुन्डिएर आत्महत्या गरेकी भनिएकी सिन्धुपाल्चोक सिपापोखरे-७ की तीनमहिने सुत्केरीलाई काम नगरेको निहुँमा श्रीमान्ले हत्या गरेको खुलेको छ। घटनाकै दिन पक्राउ परेका उनले तीन दिनपछि पहिले हत्या गरेर आत्महत्या देखाउन धुरीमा झुण्डाएको स्वीकारेका हुन्।

Friday, March 16, 2012

राष्ट्रपति बन्नुस्, सेनाधिपति नै भइन्छ। किन चाहियो जर्नेल ? : नेपाल

ध्रुव दंगाल
प्रतिनिधि परिषद् बैठकको शुक्रबार उद्घाटन गर्दै नेता  नेपाल 





चौतारा, चैत ३-
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी नेपाली सेनामा ठूलो पद लिएर सत्ता कब्जा गर्ने  
षडयन्त्रमा लागेको दाबी गरेका छन्। माओवादीले सबै आफ्नो अनुकूल मात्र गरिरहेकाले शान्ति प्रक्रिया लम्बिएको पनि उनले बताए।  
एमाले सिन्धुपाल्चोकको दोस्रो प्रतिनिधि परिषद् बैठकको शुक्रबार उद्घाटन गर्दै नेता माधवकुमार नेपाल ।तस्बिर  मेरो चौतारा
'सेना राजनीतिक मान्छे भर्ती गर्ने ठाउँ होइन। यसको आफ्नै मापदण्ड छ। माग्दैमा पद पाइँदैन'- एमाले सिन्धुपाल्चोकको दोस्रो प्रतिनिधि परिषद् बैठक उद्‍घाटन गर्न शुक्रबार यहाँ आएका उनले पत्रकार भेटघाटमा भने। शान्ति प्रक्रिया र सेना समायोजनमा सात बुँदेबाट कत्ति पनि दायाँ–वायाँ गर्न नसकिने पनि उनले प्रष्ट्याए।

Tuesday, March 13, 2012

एक विद्यालय, एक 'दिवास्वप्न'


ध्रुव दंगाल, सिन्धुपाल्चोक, फागुन ३०- 'दिवास्वप्न पुस्तकको नाम कतिजनाले सुन्नु भएको छ?' थुम्पाखरस्थित महेन्द्रोदय उच्चमाविका सबै शिक्षकलाई भेला गरेर जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले सोधे। विद्यालय अनुगमनमा पुगेका जिशिअ गौतमको यस्तो प्रश्न सुनेर अधिकांश अक्कमक्क परे। बीचबाट हात उठाउँदै एक शिक्षिकाले भनिन्, 'सुनेको मात्र होइन, पढेकै छु सर। प्रत्येक शिक्षकले यो पुस्तक पढ्नै पर्छ।'

Wednesday, March 7, 2012

Hens in reward for bright girl students

DHRUBA DANGAL
SINDHUPALCHOK, March 8: A school in Sindhupalchok district has devised a unique way of encouraging poor and intelligent girl students.

Even as other schools distribute note books, pens, pencils or cash to bright students, Sansarimai Secondary School in Thulo Pakhar village provides its promising students with hens.