Saturday, June 16, 2012

गाउँमै सरकारी सेवा पाउँदा गाउँले दंग

महांकाल (सिन्धुपाल्चोक), असार २- महांकाल-१ की पार्वती लामिछानेले ७६ वर्षको उमेरमा नागरिकता बनाइन्। प्रमुख जिल्ला अधिकारी दूर्गाप्रसाद पोखरेलले उनको घरमै आएर हातमा नागरिकता थमाइदिदाँ लामिछाने खुशीले गद्गद् भइन्। 'उमेर छँदा नागरिकता लिनुपर्छ भन्ने हेक्का भएन। बुढ्यौलीले छोएपछि सदरमुकाम जान सकिएन,' लामिछानेले भनिन्, 'यसरी टोली गाउँ आइदिएको भए पहिल्यै बनाइन्थ्यो। बुढेशकालमा भत्ता पाइन्थ्यो।' लामिछानेका ६ छोराछोरी र नौ नातानातिना छन्। नागरिकता लिएकै दिन उनले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम लेखाइन्। भनिन्, 'अब वृद्ध भत्ताका लागि सचिव भेटेर नाम लेखाउँछु।'

आचारमुलक चार सिद्धान्तको कसीमा पत्रकारको अधिकार र उत्तरदायित्व

लेखक : ध्रुव दंगाल
पत्रकारिताको मूलमर्म सार्वजनिक सेवा नै हो । यसले मुख्यतः सार्वजनिक अभिरुचीलाई सर्वोपरी मान्नुपर्छ । मुख्यतयाः सत्य, निष्पक्ष र सन्तुलन (एबीसी) लाई मूल आधार मानेर समाजको सर्वोपरी हितमा समाचारका विषय बनाउनु नै पत्रकारको मुख्य दायित्व हो । यसमा पत्रकारको आचार संहिता (कोड अफ कन्डक्ट) र नैतिक पाटो पनि जोडिएको हुन्छ । जसले समाजप्रतिको दायित्वलाई निर्देशित गर्ने कोसिस गर्छ । सन् १९५०–६० को दशकपछि सुरु भएको आधुनिक पत्रकारितालाई हेर्ने हो भने अहिलेको पत्रकारिता समाज केन्द्रीत छ । अर्थात, समाजले जे माग्छ त्यो नै समाचारका विषय बन्ने गर्छ । हामी प्रायः त्यतातिरै कुदिरहेका छौं । मिडिया समाजबाट टाढा जान सक्ने अवस्था छैन । परम्परागत पत्रकारिताको अभ्यासमा मिडियाले बनाएको अन्तरबस्तु (कन्टेन्ट) सबै अडियन्स ( दर्शक, स्रोता, पाठक) ले पत्याउ‘थे ।

Thursday, June 14, 2012

ढिस्कोमा पुरिएर ३ बालबालिका हराए, तीनको उद्दार

सिन्धुपाल्चोक, असार १- जिल्लाको भोटेचौर-२ पौडलेथोकमा आज बिहान बाख्रा चराउन गएका स्थानीय तीन बालबालिकालाई ढिस्कोले पुरेको छ। ढिस्कोले पुरिएर हराइरहेकाहरुको खोजी कार्य भइरहेको छ। अरु तीन बालबालिकालाई भने गाउँलेले सकुशल उद्दार गरेका छन्। स्थानीयका अनुसार ढिस्कोमा हराइरहेकाहरुमा १३ वर्षीय रवि कार्की, १४ वर्षीया सिर्जना खत्री र नौ वर्षीया समिक्षा कार्की छन्।

Sunday, May 20, 2012


 प्रेस स्वतन्त्रता जिन्दावाद : आदिवासी जनजातिको बन्दको क्रममा मिडिया र पत्रकारमाथि भएको आक्रमणको विरोधमा पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको नेतृत्वमा सोमबार चौतारामा निक्लिएको जुलुस ।
तस्बिर : मेरो चौतारा










Sunday, April 22, 2012

बस दुर्घटनामा आमाको मुख हेरेर फर्कंदै गरेका २० जना घाइते

सिन्धुपाल्चोक, वैशाख १०- बस दुर्घटना हुँदा आमाको मुख हेरेर फर्कंदै गरेका २० यात्रु घाइते भएका छन्। मानेश्वाँराको एक्लेबेसीमा भएको उक्त दुर्घटनामा दुई जनाको अवस्था भने चिन्ताजनक छ। घाइतेमध्ये घुम्थाङ–४ की ८१  वर्षीया गङ्गा श्रेष्ठ र पेड्कु–४ की ३० वर्षीया पवित्र गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Thursday, April 19, 2012

दलालको उक्साहटमा विदशिँदै महिला


ध्रुव दंगाल, सिन्धुपाल्चोक, वैशाख ८- हातमा एमआरपी फारम बोकेर सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको कार्यकक्षमा छिरेकी गुम्बाकी २८ वर्षीया रूपरानी तामाङ थचक्क टि-टेबुलमा बसिन्। सापकोटाले सोफामा बस्न गरेको आग्रह उनले बुझिनन्। विदेश जाने सुरमा रहेकी उनलाई बुझाउन स्वेदेशमै दोभोसे चाहियो। 

Monday, April 16, 2012

माझी-दनुवार बालबालिकालाई स्कुल टिकाउन गाह्रो


तस्बिर : पढाई छाडेर पुनः विद्यालय भर्ना भएका भीमटारका माझी दनुवार बालबालिका सोमबार अविर र मालाद्धारा स्वागतपछि ।
ध्रुव दंगाल, भीमटार (सिन्धुपाल्चोक), वैशाख ५- स्थानीय भीमेश्वरी माविको कक्षा ४ पढ्दा-पढ्दै बीचमै छाडेकी सविना दनुवार (१५) फेरि विद्यालय फर्केकी छन्। कक्षा ५ मा भर्ना भएकी उनलाई सोमबार शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले अबिर र माला लगाएर विद्यालयमा स्वागत गरे। 

Wednesday, April 11, 2012

सिडिओको सुरक्षागार्डद्वारा गोली प्रहार

ध्रुव दंगाल, सिन्धुपाल्चोक, चैत २९ - प्रमुख जिल्ला अधिकारीको सुरक्षा गार्ड हवल्दार राजाराम खत्री खनालले हिजो राति जथाभावी गोली चलाउँदा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ड्राइभर दिनेश श्रेष्ठ घाइते भएका छन्। रक्सीको सुरमा गोली प्रहार गर्ने खत्रीलाई मध्यरातमा नियन्त्रणमा लिइएको छ।

Thursday, April 5, 2012

चट्याङले ३५ बढी बेहोस, रातभर रुवाबासी

चौतारा, चैत २४- मध्य सिन्धुपाल्चोकको फूल्पिङकोट-५ भण्डारी टोलमा गएराति हावाहुरी र झरीसँगै चट्याङ पर्दा स्थानीय ३५ भन्दा बढी गाउँले बेहोस भएका छन्। उनीहरुलाई स्वास्थ्य संस्थामा लैजाने र उपचारपछि घर फर्कने क्रम शुक्रबार बिहानसम्म  चलिरहेको छ। उपचारपछि १५ जना होसमा आएका छन्। कतै चोटपटक
नलागेपनि केहीको हातखुट्टा नचलेको स्थानीय ढकबहादुर भण्डारीले बताए।

Thursday, March 29, 2012

नागरिककर्मी दङ्गाललाई पुरस्कार

सिन्धुपाल्चोक, चैत १६– नागरिक दैनिकका सिन्धुपाल्चोक सहकर्मी ध्रुव दङ्गाल नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाद्वारा सम्मानित हुने भएका छन्। महासङ्घको ५७ औं स्थापना दिवसको अवसरमा बिहीबार बसेको कार्यसमिति बैठकले
दङ्गालसहित चार पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको हो।

Wednesday, March 21, 2012

कमाउन गएकी चेलीको पैसा है'न, शव आयो

ध्रुव दंगाल, सिन्धुपाल्चोक, चैत ९- सिन्धुपाल्चोककै लोकगायक घमेश दुलालको स्वरमा गुन्जने '....मरे चिठी धागोले बाँधेको बाँचे होला भेट' बोलको गीतले अझै परदेशीयकाका आफन्तको मन कुँडिन्छ। यो कस्तो संयोग! गीत जस्तै कमाउन साउदी अरब गएकी लक्ष्मी खड्का गुरुङ फर्केर त आइन्, तर शव बनेर।

Tuesday, March 20, 2012

पास त हुनै पर्रयो नि : जल्केनीस्थित रमादेवी मावि केन्द्रमा एसएलसी परीक्षा दिंदै परीक्षार्थी । जिल्लाका ५ हजार बढी विद्यार्थी एसएलसीमा सहभागी छन ।   तस्बिर : मेरो चौतारा

८४ जना आमा–बाबुले दिए एसएलसी

चौतारा, चैत ७- मङ्गलबारबाट सुरु एसएलसी परीक्षाको पहिलो दिन रत्‍नराज्य मावि चनौटे र चण्डेश्वरी मावि भोटसिपा केन्द्रमा बुढ्यौलीतर्फ
धकेलिएका बा–आमा पनि देखिए। सन्तानले घेरिएका उनीहरु फूर्तिसाथ अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका थिए। 'नआत्ती राम्रोसँग लेख्‍नूस्'- निरीक्षक
उनीहरुलाई हौस्याउँथे। उनीहरुमध्ये कतिपयका छोराछोरीसमेत एसएलसी दिइरहेका छन्।

Monday, March 19, 2012

काम नगरेको निहुँमा पत्‍नीको हत्या

ध्रुव दंगाल, चौतारा, चैत ७- तीन दिनअघि घरको बुँइगलमा झुन्डिएर आत्महत्या गरेकी भनिएकी सिन्धुपाल्चोक सिपापोखरे-७ की तीनमहिने सुत्केरीलाई काम नगरेको निहुँमा श्रीमान्ले हत्या गरेको खुलेको छ। घटनाकै दिन पक्राउ परेका उनले तीन दिनपछि पहिले हत्या गरेर आत्महत्या देखाउन धुरीमा झुण्डाएको स्वीकारेका हुन्।

Friday, March 16, 2012

राष्ट्रपति बन्नुस्, सेनाधिपति नै भइन्छ। किन चाहियो जर्नेल ? : नेपाल

ध्रुव दंगाल
प्रतिनिधि परिषद् बैठकको शुक्रबार उद्घाटन गर्दै नेता  नेपाल 





चौतारा, चैत ३-
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी नेपाली सेनामा ठूलो पद लिएर सत्ता कब्जा गर्ने  
षडयन्त्रमा लागेको दाबी गरेका छन्। माओवादीले सबै आफ्नो अनुकूल मात्र गरिरहेकाले शान्ति प्रक्रिया लम्बिएको पनि उनले बताए।  
एमाले सिन्धुपाल्चोकको दोस्रो प्रतिनिधि परिषद् बैठकको शुक्रबार उद्घाटन गर्दै नेता माधवकुमार नेपाल ।तस्बिर  मेरो चौतारा
'सेना राजनीतिक मान्छे भर्ती गर्ने ठाउँ होइन। यसको आफ्नै मापदण्ड छ। माग्दैमा पद पाइँदैन'- एमाले सिन्धुपाल्चोकको दोस्रो प्रतिनिधि परिषद् बैठक उद्‍घाटन गर्न शुक्रबार यहाँ आएका उनले पत्रकार भेटघाटमा भने। शान्ति प्रक्रिया र सेना समायोजनमा सात बुँदेबाट कत्ति पनि दायाँ–वायाँ गर्न नसकिने पनि उनले प्रष्ट्याए।

Tuesday, March 13, 2012

एक विद्यालय, एक 'दिवास्वप्न'


ध्रुव दंगाल, सिन्धुपाल्चोक, फागुन ३०- 'दिवास्वप्न पुस्तकको नाम कतिजनाले सुन्नु भएको छ?' थुम्पाखरस्थित महेन्द्रोदय उच्चमाविका सबै शिक्षकलाई भेला गरेर जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले सोधे। विद्यालय अनुगमनमा पुगेका जिशिअ गौतमको यस्तो प्रश्न सुनेर अधिकांश अक्कमक्क परे। बीचबाट हात उठाउँदै एक शिक्षिकाले भनिन्, 'सुनेको मात्र होइन, पढेकै छु सर। प्रत्येक शिक्षकले यो पुस्तक पढ्नै पर्छ।'

Wednesday, March 7, 2012

Hens in reward for bright girl students

DHRUBA DANGAL
SINDHUPALCHOK, March 8: A school in Sindhupalchok district has devised a unique way of encouraging poor and intelligent girl students.

Even as other schools distribute note books, pens, pencils or cash to bright students, Sansarimai Secondary School in Thulo Pakhar village provides its promising students with hens.


Monday, February 27, 2012

ऐतिहासिक किल्ला : नेपाल तिब्बत युद्ध किल्ला ढुगुनागढी । प्रचार र संरक्षण अभावमा यो ऐतिहासिक किल्ला ओझेल परेको छ ।
तस्बिर : मेरो चौतारा

Wednesday, February 15, 2012

सुशासन अनुगमन टोलीलाई सहभागीले भने, 'सिंहदरबारमै कुशासन छ'

ध्रुव दंगाल, सिन्धुपाल्चोक, फागुन ३-
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको सुशासन अनुगमन टोलीलाई सिंहदरबार मै सुशासन नभई कुशासन भएको आरोप लगाउँदै र्‍याखर्‍याख्ती पारिएको छ। सहभागीले कहिले कविता त कहिले भनाइमार्फत् सरकारको कटाक्ष गर्थे, टोली अलमलमा पर्थ्यो।

Thursday, January 19, 2012

वृद्धको अपहरण गरी हत्या

Thursday, 19 January 2012 19:03 नागरिक
 सिन्धुपाल्चोक, माघ ५- खाडीचौर बजारमा खसी बेचेर घर फर्कंदै गरेका मांखा-९ का एक वृद्धको अज्ञात समूहले हत्या गरेको छ। घर नजिकको देउराली जंगलमा बिहीबार सबेरै शव भेटिएका ५० वर्षीय यमप्रसाद तिमिल्सिनाको अपहरणपछि हत्या गरिएको अनुमान प्रहरीले गरेको छ।