Saturday, October 15, 2016

‘आफैं नांगो हुँदा पनि समाचार लेखिरहेँ’

वैशाख १२ को भुइँचालोमा घरभित्र चेपिएर बल्लतल्ल निस्किएका सिन्धुपाल्चोकस्थित नागरिक संवाददाता ध्रुव दंगाल आफैं भुइँचालो पीडित हुन्। उनको घर भत्किएर परिवार पालमुनि आश्रित छन्। आफैं पीडित हुँदा पनि उनले सिन्धुपाल्चोक क्षेत्रका समाचार लगातार लेखिरहे। र, लेखिरहेका छन्। भुइँचालोजस्तो राष्ट्रिय विपत बेला फिल्डमा खटिएका नागरिक संवाददाता दंगालसँग सेतोपाटीले लिएको अन्तर्वार्ता :

बाको क्यासेटमा पानको पात...

 दसैँ स्मृति  
ध्रुव दङ्गाल-योसमेत तीन साल भइसकेछ दसैँमा टीका नलगाएको । पूर्खा दाङ जिल्लाबाट बसाईँ सरी आएकाले दङ्गाली भन्दाभन्दै दङ्गाल थर लेख्दै आएका हामी । एउटै बाजेको सन्तान हामी बढ्दै जाँदा अहिले डेढ सय परिवारमा बाँडिएका छौं । ठूलो परिवार भएकाले सुतक पर्दा होस् या जूठो, चाडबाड बिथोलिइहाल्छ । यो साल ठूलीआमा र ठूलोबाको जूठो बारिरहका छौँ । खानपिन चले पनि टीकाटाला चलेन । दसैँको रौनक मान्यजनबाट टीका, जमरा र आर्शिवाद लिनुमा छ । त्यसबाट बञ्जित हुँदा दसैँ खल्लो हुने नै भयो ।