Friday, February 13, 2015

त्यो साउन १७

रिपोर्टरको डायरी 
साउन १७ गते । बिहानको त्यस्तै ४ बजेको हुँदो हो । सँधै ‘भाइब्रेसन मोड’ रहने मेरो मोबाइल टेबुलमा धस्रिन थालेपछि ब्यूझिएँ । मित्र राजेन्द्र शर्माको फोन रहेछ । ‘लौ बर्बाद हो । जुरे पहिरो खसेर सुनकोसी थुन्यो रे ! अरनिको राजमार्गमा मान्छेहरुको भागदौड छ । पुलिस भाग्न माइकिङ गर्दै छ । म भागेर दोलालघाट आइपुगेँ,’ हेल्लो भन्न नपाउँदै उनले स्वर कमाएर भने । सुकुटेमा रात बिताएका उनले फुत्त फोन राखे, धेरै बुझ्न पाइएन ।