Thursday, June 14, 2012

ढिस्कोमा पुरिएर ३ बालबालिका हराए, तीनको उद्दार

सिन्धुपाल्चोक, असार १- जिल्लाको भोटेचौर-२ पौडलेथोकमा आज बिहान बाख्रा चराउन गएका स्थानीय तीन बालबालिकालाई ढिस्कोले पुरेको छ। ढिस्कोले पुरिएर हराइरहेकाहरुको खोजी कार्य भइरहेको छ। अरु तीन बालबालिकालाई भने गाउँलेले सकुशल उद्दार गरेका छन्। स्थानीयका अनुसार ढिस्कोमा हराइरहेकाहरुमा १३ वर्षीय रवि कार्की, १४ वर्षीया सिर्जना खत्री र नौ वर्षीया समिक्षा कार्की छन्।



गोठाले गएको ६ जना बालबालिका लाइन लागेर धाराको पानी खाइरहेका बेला बिहान आढे आठ बजेतिर माथिबाट ढिस्को खसेर पुरेको स्थानीयबासिन्दा सिके चौलागाईँले  बताए।धाराको माथिल्लो भाग ओसिलो थियो। छेउमा परेकाले तीन जनालाई सकुशल उद्धार गर्न सकिएको हो। सामान्य चोटपटक लागेका उनीहरुको स्थानीय स्तरमा उपचार भइरहेको छ। बेपत्ताको खोजीमा गाउँले अझै जुटिरहेका छन्।

No comments:

Post a Comment