Saturday, June 16, 2012

गाउँमै सरकारी सेवा पाउँदा गाउँले दंग

महांकाल (सिन्धुपाल्चोक), असार २- महांकाल-१ की पार्वती लामिछानेले ७६ वर्षको उमेरमा नागरिकता बनाइन्। प्रमुख जिल्ला अधिकारी दूर्गाप्रसाद पोखरेलले उनको घरमै आएर हातमा नागरिकता थमाइदिदाँ लामिछाने खुशीले गद्गद् भइन्। 'उमेर छँदा नागरिकता लिनुपर्छ भन्ने हेक्का भएन। बुढ्यौलीले छोएपछि सदरमुकाम जान सकिएन,' लामिछानेले भनिन्, 'यसरी टोली गाउँ आइदिएको भए पहिल्यै बनाइन्थ्यो। बुढेशकालमा भत्ता पाइन्थ्यो।' लामिछानेका ६ छोराछोरी र नौ नातानातिना छन्। नागरिकता लिएकै दिन उनले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम लेखाइन्। भनिन्, 'अब वृद्ध भत्ताका लागि सचिव भेटेर नाम लेखाउँछु।'

आचारमुलक चार सिद्धान्तको कसीमा पत्रकारको अधिकार र उत्तरदायित्व

लेखक : ध्रुव दंगाल
पत्रकारिताको मूलमर्म सार्वजनिक सेवा नै हो । यसले मुख्यतः सार्वजनिक अभिरुचीलाई सर्वोपरी मान्नुपर्छ । मुख्यतयाः सत्य, निष्पक्ष र सन्तुलन (एबीसी) लाई मूल आधार मानेर समाजको सर्वोपरी हितमा समाचारका विषय बनाउनु नै पत्रकारको मुख्य दायित्व हो । यसमा पत्रकारको आचार संहिता (कोड अफ कन्डक्ट) र नैतिक पाटो पनि जोडिएको हुन्छ । जसले समाजप्रतिको दायित्वलाई निर्देशित गर्ने कोसिस गर्छ । सन् १९५०–६० को दशकपछि सुरु भएको आधुनिक पत्रकारितालाई हेर्ने हो भने अहिलेको पत्रकारिता समाज केन्द्रीत छ । अर्थात, समाजले जे माग्छ त्यो नै समाचारका विषय बन्ने गर्छ । हामी प्रायः त्यतातिरै कुदिरहेका छौं । मिडिया समाजबाट टाढा जान सक्ने अवस्था छैन । परम्परागत पत्रकारिताको अभ्यासमा मिडियाले बनाएको अन्तरबस्तु (कन्टेन्ट) सबै अडियन्स ( दर्शक, स्रोता, पाठक) ले पत्याउ‘थे ।

Thursday, June 14, 2012

ढिस्कोमा पुरिएर ३ बालबालिका हराए, तीनको उद्दार

सिन्धुपाल्चोक, असार १- जिल्लाको भोटेचौर-२ पौडलेथोकमा आज बिहान बाख्रा चराउन गएका स्थानीय तीन बालबालिकालाई ढिस्कोले पुरेको छ। ढिस्कोले पुरिएर हराइरहेकाहरुको खोजी कार्य भइरहेको छ। अरु तीन बालबालिकालाई भने गाउँलेले सकुशल उद्दार गरेका छन्। स्थानीयका अनुसार ढिस्कोमा हराइरहेकाहरुमा १३ वर्षीय रवि कार्की, १४ वर्षीया सिर्जना खत्री र नौ वर्षीया समिक्षा कार्की छन्।