Thursday, March 29, 2012

नागरिककर्मी दङ्गाललाई पुरस्कार

सिन्धुपाल्चोक, चैत १६– नागरिक दैनिकका सिन्धुपाल्चोक सहकर्मी ध्रुव दङ्गाल नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाद्वारा सम्मानित हुने भएका छन्। महासङ्घको ५७ औं स्थापना दिवसको अवसरमा बिहीबार बसेको कार्यसमिति बैठकले
दङ्गालसहित चार पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको हो।

सहकर्मी दङ्गाल जुगल नवोदित युवा पत्रकारिता पुरस्कारद्वारा सम्मानित हुन लागेका हुन्। शाखाले हरेक तीन वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार सम्मानपत्रसहित ३ हजार १ सय ११ रुपियाँ राशिको छ। त्यस्तै सिन्धु पत्रकारिता सेवा सम्मान शाखाका पूर्व सभापति तथा पत्रकार सुदर्शन आचार्यलाई दिने घोषणा शाखाले गरेको छ।

शाखाको निर्णयअनुसार ३ हजार १ सय ११ रुपियाँ राशिको कञ्चन–ज्ञानेन्द्र स्मृति पत्रकारिता पुरस्कार द्वन्द्वपीडित पत्रकार ङेम्लिङ लामा र ३ हजार ३ सय ३३ रुपियाँ राशिको दुर्गाप्रसाद स्मृति पत्रकारिता पुरस्कार स्थानीय सिन्धु सन्देश साप्ताहिकका सम्पादक सुरेश कसजूलाई दिइनेछ।

सबै पुरस्कार तीन–तीन वर्षमा प्रदान गरिँदै आएको छ। वैशाख दोस्रो साता विशेष कार्यक्रमबीच सम्मान तथा पुरस्कार वितरण गरिने शाखा सचिव डम्बर रसिक भारतीले बताए।
(नागरिक)

No comments:

Post a Comment