Saturday, December 24, 2011

कोदो कुट्ने मेलो


पुसको पारिलो घाममा कोदो कुद्दै सिन्धुपाल्चोक चौताराका महिला । यतिबेला जिल्लाका किसान मंसिरमा टिपेको कोदो कुट्न व्यस्त छन् । कृषि कार्यालयको तथ्यांक अनुसार जिल्लामा उत्पादिन कोदोको ९० प्रतिशत हिस्सा मदिरा उत्पादनमा खपत हुन्छ । 

Thursday, December 22, 2011

छोरी मारेको अभियोगमा आमा पक्राउ

 सिन्धुपाल्चोक, पुस ७- पाँच महिने छोरीको हत्या गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन्। साँगाचोक-८ की १८ वर्षीया गोमती गिरीलाई शिशु हत्या गरेको आरोपमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

Monday, December 19, 2011

माछा मार्ने हातमा कम्प्युटरको किबोर्ड

तस्बिर : कम्प्युटर कक्षा िलंदै माझी दनुवार बालबालिका ।
सिन्धुपाल्चोक, पुस ५- माछा मार्ने र खोलामा खेलेर दिन बिताउने भीमटारका माझी, दनुवार बालबालिका यतिबेला कम्प्युटरको माउस र किबोर्ड चलाएर समयको सदुपयोग गर्छन्। इन्द्रावती नदी किनारको पिछडिएका अल्पसंख्यक माझी, दनुवार बस्तीको भीमेश्वरी माध्यमिक विद्यालयले कम्प्युटर शिक्षा सञ्चालनमा ल्याएपछि बालबालिका दंग छन्। 
यहाँका ९५ प्रतिशतभन्दा बढी माझी, दनुवार समुदायले नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन्। उनीहरूका बालबालिका अध्ययन गर्ने यो विद्यालयले गत मंसिरदेखि कम्प्युटर कक्षा सञ्चालन गरेको हो।कम्प्युटरप्रतिको आकर्षणले विद्यालय आउने विद्यार्थीको संख्या वृद्धि भएको छ।

सिन्धुपाल्चोक सदरमुकाम चौतारामा सोमबार बन्द आह्वान गर्दै हिडेका कांग्रेस कार्यकर्ता । बन्दले जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।    तस्बिर  : nagariknews.com                                                                                                              

Sunday, December 18, 2011

शेर्पा स्वात्त प्रदेश नभए बन्दुक बोक्ने चेतावनी

शेर्पा भेलामा स्याब्रु नाच प्रस्तुत गर्दै कलाकार । तस्बिर : मेरो चौतारा
प्रथम शेर्पा भेला 
तातोपानी पुस २-शेर्पा नेताहरुले शेर्पा स्वायत्त प्रदेश नबनाइए हतियार उठाउने चेतावनी दिएका छन् । जातिय पहिचान सहितको प्रदेश माग गर्दै उनीहरुले शेर्पा समुदायलाई पोष्टरमा मात्र सिमित हुन नदिने दृढता व्यक्त गरे । कार्यक्रममा बोल्ने राजनीतिक दलसम्वद्ध शेर्पा नेताहरुले जातीय पहिचानका लागि स्वायत्त प्रदेशको खाँचो औल्याउँदै शेर्पा हक हितका लागि कसैको ह्वीप नमान्ने र पार्टी त्याग्ने घोषणासमेत गरे ।

मुलुकको उपराष्ट्रपति भएकाले भाषा र पोशाकको अडान त्यागेको झाको प्रष्टोक्ती

तातोपानी पुस २-
आफू कुनै खास वर्ग िलंग र क्षेत्रको मात्र नभएर मुलुकको उपराष्ट्रपति भएकाले आफूले भाषा र भेषभुषाको पूर्व अडान त्यागेको उपराष्ट्रपति परमानन्द झाले खुलासा गरेका छन् । कानुनलाई मान्नु आफ्नो प्रमुख कर्तव्य भएकाले आफले अडान कायम राख्नु जरुरी नदेखेको उनले स्पष्ट पारे ।
त्यतिबेला अर्कै परिस्थिति रहेकाले आफ्नै भाषा र पोशाकमा सपथ लिएँ । अहिले परिस्थिति बदलिएकाले अडान त्यागे- दौरा सुरुवालमा सजिएका उपराष्ट्रपति झाले शनिबार प्रथम शेर्पा भेलाको उद्घाटन गर्दै भने । उपराष्ट्रपति नियूक्त हुँदा धोतीमा सजिएर हिन्दी भाषामा सपथ आएपछि विवादमा तानिएका झाले नेपाली भाषामा सपथ ग्रहण गरेका थिए ।

Thursday, December 15, 2011

क्षमता सात कैदीबन्दी ७१ ! महिला भवनमा उनीहरु नै बस्न पाउँदैनन्

सिन्धुपाल्चोक जिल्ला कारागारको दुर्दशा चौतारा मंसिर २९
सात जना क्षमताको कारागार भवनमा कति जना कैदीबन्दी राखिएलान्  साँघुरै गरी भएपनि १० देखि १५ जनासम्म राख्नु नेपालमा त्यति नौलो होइन । तर क्षमता भन्दाबढी कैदीवन्दी राख्नाले चितवन कारागारमा आपसमा आक्रमण भएको प्रतिवेदन सार्वजनिक भइरहेका बेला सातजना क्षमताको सिन्धुपाल्चोक जिल्ला कारागारमा ७१ कैदीबन्दी राखिएका छन् । 
कारागारमा बन्दी थपिने क्रम अझै जारी छ । आइतबार एक र सोमबार मात्र दुईजना थुनुवा बन्दी बनेर यही भवनमा छिरेका छन् । चितवन काण्डपछि सम्भावित घटनाले कारागार प्रशासनलाई चिन्ता थपेको छ । चितवन कारागारमा कैदीबन्दी आक्रमण घटनाले झस्काउन थालेको छ, यो घटनाको प्रतिवेदन साचार माध्यमबाट सार्वजनिक भएपछि चिन्तित निमित्त जेलर रमेश घिमिरेले भने । 

Wednesday, December 7, 2011

राजनीतिक अस्थिरताले सुरक्षा व्यवस्था कमजोर : महानिरीक्षक शाह


मेलम्ची, मङ्सिर २१ - प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले संक्रमणकालिन राजनीतिक अस्थिरताले सुरक्षा व्यवस्था प्रभावकारी हुन नसकेको बताएका छन्। सुरक्षा विना विकास असम्भव रहेको उल्लेख गर्दै उनले राजनीतिक  स्थिरतामा जोड दिए।  
'राजनीतिक स्थिरताविना सुरक्षा सजिलो छैन,' इलाका प्रहरी कार्यालय मेलम्चीको नवनिर्मित कार्यालय भवनको बुधबार उद्घाटन गर्दै महानिरीक्षक शाहले भने। 

नागरिक केन्द्रीत सुरक्षा व्यवस्था कायम गर्न संस्था गम्भिर रहेको उनले जनाए। सून्य सहनशिलताका आधारमा अपराध नियन्त्रण गरिने प्रतिवद्धता जनाउँदै उनले भने, 'अपराध नियन्त्रणमा ढिलासुस्ती र अनियमितता गर्ने प्रहरी कर्मचारीलाई जरुर कार्वाही गर्छौं।'

अपराध नियन्त्रण र सुदृढ सुरक्षा व्यवस्थाका लागि राजनीतिक दलको सहयोग चाहिने आवश्यकता औंल्याउँदै शाहले कुनै दलसँग निकटता र विशेष सम्वन्ध नराख्न मातहत प्रहरी कर्मचारीलाई निर्देशन दिए। 'दललाई समदुरीमा राखेर काम गर्न सक्नुपर्छ। टाढा हुने र नजिक बस्ने दुबैलाई कार्वाही हुन्छ,' प्रहरी चारणको अनुगमन गर्न आग्रह गरे। 

गैरकानुनी कमाइले अपराध बढाउने भन्दै उनले रक्तचन्दन तस्करी रोकिएको दाबी गरे। विगत सात महिनायता चन्दन कारोवार नभएको उनको ठोकुवा थियो। 'रक्तचन्दन लगायत सबै तस्करी नियन्त्रण गर्न प्रहरी प्रतिवद्ध छ। अब गैरकानुनी कमाइ नियन्त्रण हुन्छ।'

शान्ति सुरक्षा कायम गर्न हाललाई ४२ हजार प्रहरी कर्मचारी आवश्यक रहेको जानकारी दिंदै महानिरीक्षक शाहले भएका स्रोत साधन र जनशक्ति परिचालन गरेर सुव्यवस्था राख्न प्रयास गरिने बताए। द्वन्द्वमा सबैभन्दा बढी क्षति र पीडा व्यहोर्ने संस्था प्रहरी संगठन भएको चर्चा गर्दै उनले ध्वस्त संरचना पुननिर्माण तीव्र पारिने बताए। द्वन्द्वमा ७ सय ६८ प्रहरी भवन ध्वस्त हुनुको साथै १३ सय प्रहरीले ज्यान गुमाएको तथ्यांक प्रस्तुत गर्दै शाहले गत वर्ष १ सय ध्वस्त प्रहरी संरचना बनेको र यो साल थप ८१ वटा बनाउन छिट्टै टेण्डर प्रक्रियामा जाने बताए। 

७८ लाख रुपैयाँ लागतमा मेलम्ची प्रहरी भवन निर्माण भएको हो। भुकम्प प्रतिरोधात्मक दुईवटा भवनमा कार्यालय, महिला पुरुषका लागि छुट्टैछुट्टै दुई हिरासत, व्यारेक, मेशको व्यवस्था छ। महानिरीक्षक शाह साँझ जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित भवन शुक्रबार उद्घाटन गर्न त्यसतर्फ लागेका छन्। दोलखा सदरमुकाम चरिकोटमा रात विताएर शाह बिहान रामेछाप जाने कार्यक्रम छ।
नागरिक 

Thursday, November 24, 2011

समृद्ध सिन्धुपाल्चोकका लािग दलले गरेको प्रतिवद्धता यस्तो छ

       देशको राजधानी र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको साविक पूर्व १ नम्बर हालको सिन्धुपाल्चोक जिल्ला मनोरम हिमश्रृङ्खला प्रचूर जलसम्पदा दुर्लभ जडिबुटी उर्वर जमिन एवं बिविध भाषा संस्कृति सम्पन्न विकासको प्रशस्त सम्भावना बोकेर नेपालको मानचित्रमा अवस्थित छ । यो अनौठो बिडम्वना हो कि गौरवमय इतिहास महत्वपूर्ण भौगोलिक अवस्थिति र प्रचुर प्राकृतिक तथा संास्कृतिक सम्पदायुक्त भएर पनि अन्य जिल्लाको तुलनामा विकासका विभिन्न मापदण्डका हिसावले निकै पछाडि परेको पीडा अनुभूत गर्न सिन्धुवासी विवश छन् । 
     निरङ्कुस राणाकाल र पाचायती शासनमा नेपाली जनता वस्तुतः ंिपँजडाको पन्छीतुल्य प्रयोगको बस्तुमात्र ठानिएका हुनाले त्यस कालखण्डमा जिल्लाको विकासयात्रा उल्लेखनीय ढङ्गले अगाडि बढ्न सकेन । प्रजातान्त्रिक राजनैतिक प्रणालिको पुनस्र्थापना पश्चात् पनि राज्यव्यवस्थाले जनचाहना र समयको मागलाई ठीक किसिमले सम्वोधन गर्न नसकेका कारणले प्रगति र परिवर्तनको प्रवाह अपेक्षाकृत गतिमान बनेन । राजनैतिक सहमतिको अभाव स्थानीय विकासको नेतृत्वगर्ने निर्वाचित प्रजातान्त्रिक निकायको अनुपस्थिति द्वन्द्व विकासका सवालले प्राथमिकता नपाउने स्थिति आदि बिभिन्न सन्दर्भहरुले गर्दा वर्तमानसम्म आइपुग्दा पनि विकासको निम्ति अनुकूल वातावरण निर्माण हुन कठिन भइरहेको कटुयथार्थ हाम्रा सामू छर्लङ्ग छ ।
         जिल्ला विकास समितिले समग्र संभाव्यतालाई मध्यनजर गरी विकासका आधारभूत क्षेत्रलाई  समेट्दै ूसिन्धुपाल्चोकको आधार- जलश्रोत पर्यटन कृषि र ब्यापारू भन्ने नारा अगाडि सारेर वैज्ञानिक एवं वस्तुपरक दृष्टिकोणका साथ अगाडि बढ्ने निश्चिय गरिसकेको छ र सिन्धुवासीहरुले पनि आर्थिक सामाजिक एवं अन्य सबै पक्षहरुमा सम्पूर्ण रुपान्तरणको आकांक्षासहित आ-आफ्ना क्षेत्रमा जुट्ने तत्परता देखाइरहेको उत्साहप्रद स्थितिमा नविन सोचका साथ बिकासका सम्भावनाहरुलाई यथार्थमा बदल्नका लागि जिल्लाका प्रमुख राजनैतिक दलहरुबाट महŒवपूर्ण पहल र प्रयत्नहरु थालिएका छन् । राजनैतिक जटिलताको सहि व्यवस्थापन विकासको पहिलो चुनौति भएको र यसका निम्ति सहअस्तित्व सहमति तथा सहकार्यजस्ता लोकतान्त्रिक एवं गणतान्त्रिक मान्यताहरुको विकास र सम्वद्र्धन अनिवार्य छ । यहि स्पष्ट सोचका साथ विकासअनुकूल राजनैतिक वातावरण निर्माण गर्न हामी जिल्लामा कि्रयाशील राजनितिक दलहरु अग्रसर भएका छौँ । २०६८ साल आश्विन २८ गते काठमान्डौमा भएको सर्वपक्षीय भेला र हाम्रा पहलमा भएका विभिन्न चरणका अन्तरकि्रया भेला बैठक आदिका परिणामस्वरुप सबै राजनैतिक दलका पहलमा पेशाकर्मर्ी व्यवशायी बुद्धिजीवि आदिलाई समेटेर सिन्धुपाल्चोकको विकासलाई योजनाबद्ध अभियानको रुपमा निरन्तर अगाडि बढाउन एक साझा माच निर्माण गर्नेमा सहमति पनि भएको छ ।
         यही मङ्सिर ३ गतेदेखि प्रारम्भ भएको सिन्धुपाल्चोक महोत्सव-२०६८ जिल्लाका सबै शक्ति र पक्षहरु मूलतः राजनीतिक दलका माझ विकस्ाित सहमति र त्यस आधारमा सम्पन्न भएको पहिलो सहकार्यको नमूना हो । हामी राजनीतिक दलहरु सिन्धुपाल्चोक महोत्सव-२०६८ को समापनका अवसरमा आयोजित यस भब्य समारोहमा जिल्ला विकासका साझा सवालहरुमा आपसमा सहमति कायम गरी सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्दछौँ र राजनीतिक मतभेदले अबको अग्रगमनको यात्रालाई प्रभावित हुन नदिने प्रण पनि गर्दछौँ ।
हामी राजनितिक दलहरुले माथि प्रकट गरिएका प्रतिबद्धतालाई मुर्तरुपमा व्यवहारमा ¬उतार्ने उद्देश्य हासिल गर्नका लागि निम्न कार्यहरु अगाडि बढाउनेछौँ । 
          १।जिल्लाका विकास सम्बन्धी विषयवस्तुहरुमा सभा बैठक सेमिनार गोलमेच कार्यशाला अध्ययन-अनुसन्धान जस्ता कार्यक्रमहरु आयोजना गरी जिल्ला विकास समिति राष्ट्रिय योजना आयोगआदि योजनानिकायहरुलाई सहि सूचना विचार पृष्ठपोषणसमेत उपलब्ध गराउने प्रयोजनका लागि ुसिन्धु-विकास अभियानु नामक साझा माचलाई कि्रयाशील र प्रभावकारी बनाउने । <br>
२।अभियानमार्फत जिल्लाका निम्ति क्षेत्रगत भौतिक तथा मानव विकास रणनीतिहरुको निर्माणमा सघाउ पुर् याउने र विकासका साझा अवधाणाहरु कार्यान्वयन गर्ने क्रममा देखापर्ने चुनौतिको सामना र समस्या समाधानको निमित्त संयुक्त पहल र प्रयत्न गर्ने ।
             ३।राजनीतिक दलहरुको आपसी सम्बन्धलाई सह-अस्तित्व पारस्परिक सम्मान र स्वस्थ प्रतिस्पर्धाका आधारमा विकास गर्ने ।
             ४।जिल्ला र जिल्लावासीको सर्वाेत्तम हितका निमित्त राजनीतिक दलहरुमाझ विद्यमान मतभेदलाई साँघुरो बनाउदै संयुक्तरुपमा विकासका मुद्दाहरु संवोधन गर्ने ।
             ५।जिल्लालाई विकासका निम्ति प्राप्त हुने स्रोत-साधन न्यायोचित प्राथमिकताका निश्चित् र पारदर्शी मापदण्डका आधारमा भागबण्डा नगरी आयोजनाका निम्ति विनियोजन गर्न्रे ।
            ६।जलस्रोत पर्यटन कृषि ब्यापार शिक्षा स्वास्थ्यलगायतका साझा सवालहरुमा लगानी एवं सहभागिता प्रवर्धनको वातावरण निर्माण गर्न सामूहिक पहल गर्ने ।
             ७।सिन्धु विकास अभियान ९ऋबुउबष्नल ायच म्भखभयिऊभलत या क्ष्लमजगउबअिजयप ऋम्क्० लाई कि्रयाशील बनाउनेक्रममा सबै दलहरुसहितको सहभागिता रहने सो अभियानलाई संयोजन गर्ने जिम्मेवारी नेपाल सरकारका पूर्वसचिव सिन्धुवासी पुण्यप्रसाद न्यौपानेलाई प्रदान गरिएको सार्वजनिक गर्दछौँ ।
                                           प्रतिबद्धता जनाउने जिल्लामा कि्रयाशील राजनीतिक दलका तर्फबाट
                                 १। कृष्णप्रसाद सापकोटा एनेकपा माओवादी जिल्ला इन्चार्ज सिन्धुपाल्चोक…………
                                 २। मोहनबहादुर बस्नेत सभापति नेपाली कांग्रेस सिन्धुपाल्चोक ………………………
                                ३। हस्त पण्डित अध्यक्ष नेकपा एमाले सिन्धुपाल्चोक ………………………
                                ४  उदय सापकोटा कार्यवाहक अध्यक्ष राप्रपा सिन्धुपाल्चोक ………………
                                ५। शम्भुप्रसाद पाण्डे सचिव नेकपा माले कार्यवाक ……………………………
                                ६। कृष्ण सुवेदी अध्यक्ष राजमो कार्यवाक……………………………………
                                ७। गेहेन्द्र बहादुर श्रेष्ठ अध्यक्ष नेमकिपा सिन्धुपाल्चोक ………………………………
                                ८। फुर्वा तमाङ सचिव नेकपा एकीकृत सिन्धुपाल्चोक …………………………

 

Wednesday, November 23, 2011

आठ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै सिन्धुपाल्चोक महोत्सव सम्पन्न

सिन्धुपाल्चोक मंसिर ७- आठ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै सिन्धुपाल्चोक महोत्सव बुधबार सम्पन्न भएको छ । यहाँ कि्रयाशिल आठ राजनीतिक दलले समृद्ध सिन्धुपाल्चोक बनाउने घोषणा गर्दै यो प्रतिवद्धतापत्र जारी गरेका हुन् । 
विकासको साझा अवधारण र दृष्टिकोण बटुल्न ुसिन्धु-विकास अभियानु नामक साझा माच गठन गरिए घोषणापत्रमा उल्लेख छ । यो अभियानमा जिल्लाका सबै क्षेत्र समेटिनेछन् । अभियान मार्फत जिल्लाका निम्ति क्षेत्रगत भौतिक तथा मानव विकास रणनीतिहरुको निर्माणमा सघाउने र विकासका साझा अवधारणाहरु कार्यान्वयन गर्ने क्रममा देखापरेका चुनौतीको सामना र मस्या समाधानको निम्ति संयूक्त पहल र प्रयत्न गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।  
राजनीतिक दलहरुको आपसी सम्वन्धलाई सहअस्तित्व पारस्परिक सम्मान र स्वस्थ्य प्रतिस्पर्धाका आधारमा विकास गर्ने जिल्ला र जिल्लावासीको सर्वोत्तम हित निम्ति दलमाझ विद्यमान मतभेदलाई साँघुरो बनाउँदैसंयूक्त रुपमा विकासका मुद्दाहरु सम्वोधन गर्ने जिल्ला विकासका निम्ति प्राप्त हुने प्राप्त स्रोत साधन न्यायोचित प्राथमिकता र पारदर्शी मापदण्डका आधारमा वितरण गरी दलीय भागबण्डा त्याग्ने घोषणा प्रतिवद्धतापत्र मार्फत दलहरुले गरेका छन् । जलस्रोत कृषि पर्यटन व्यापार शिक्षा र स्वास्थ्य लगायत साझा सवालहरुमा लगानी एवम् सहभागिता प्रवद्र्धनको वातावरण निर्माण गर्न सामूहिक पहल गर्ने उल्लेख गर्दै प्रतिवद्धतापत्रमा भनिएको छ ुदलहरुले प्रतिवद्धतापत्रमा ै इन्द्रवती जलाशययूक्त बहुद्देश्यीय परियोजना अरनिको लोकमार्ग विस्तार आयोजना तातोपानी सुख्खा बन्दरगाह आयोजना सिन्धु पर्यटन गुरुयोजना आदि जस्ता वृहद् र राष्ट्रिय महत्वका परियोजनाहरु सम्पन्न गर्न योगदान गछौ । 
ुसिन्धुपाल्चोक समृद्धिको आधार कृषि पर्यटन जलस्ा्रोत र व्यापारु भन्ने मूल नाराका साथ शनिबारबाट सुरु महोत्सवको माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संयूक्त रुपमा उद्घाटन गरेका थिए । दलहरुले प्रतिवतापत्र सार्वजनिक गर्नुअघि विषयगत विधामा विज्ञसहित अन्तकिर््रया गरिएको थियो । पाँच दिन चलेको महोत्सवको ४ लाख स्थानीय तथा बाह्य पर्यटकले अवलोकन गरेको र करिव ६ करोड रुपैयाँको व्यापार भएको महोत्सव मूलआयोजक समितिले जनाएको छ ।  
 

Monday, November 21, 2011

सिन्धुपाल्चोक महोत्सवमा सिस्नो िढंडोको आकर्षण

चौतारा मंसिर ५-जारी सिन्धुपाल्चोक महोत्सवमा प्रमुख आकर्षण बनेको मकैको िढंडो र लेकाली सिस्नोको व्यापार बढेको छ । शनिबारबाट सुरु महोत्सवमा झण्डै डेढ लाख रुपैयाँको सिस्नो र िढंडो बिकेको छ । सोमबार मात्र ६० हजार रुपैयाँ बढीको व्यापार भएको व्यापारीले बताएका छन् ।
७० स्टलमध्ये दुई वटामा लेकाली सिस्नो र िढंडोको परिकार विक्रीमा राखिएको छ । व्यापारी कर्मचारीदेखि सर्वसाधरणसम्म सिस्नो िढंडो खान झुम्मिरहेका छन् । सिस्नो विभिन्न रोगको अचुक औषधीसमेत भएकाले रोगीले समेत यो परिकार मन पराएका छन् । सय रुपैयाँमै अगाइन्जेल सिस्नो िढंडोको परिकार उपलब्ध छ ।
ुपरिकार निकै मिठो लाग्योु सिस्नो िढंडो खाइरहेका पर्यटन वोर्डका निर्देशक लिला बाँनियाले  भने । उनले सिस्नो र िढंडो खान सबै झुम्मिएकाले आफूले पनि स्वाद चाखेको बताए । गाउँ घरमा अन्य परिकारसँग िढंडो खाएपनि सिस्नो र टिमुरको अचार समेत रहेकाले यसले आकर्षण थपेको हो ।
सिस्नो िढंडोको व्यापारी नीमा शेर्पाले यसको परिकारले आकर्षण थपेको बताइन् । ुभिडभाडमा मिठो मानेर खाइरहेका छन्ु थालमा सिस्नो िढंडो पस्कदै उनले भनिन् । दूध बढाउन गाउँमा गाइभैंसीलाई खुवाउने सिस्नोमा ग्राहक झुम्मिएको देख्दा उनी दंग छिन् । दोलखासँग सीमा जोडिएको हिमाली गाउँ घोर्थली दोलंसाकी उनी महोत्सवमा राम्रो व्यापार हुने सुनेर सिस्नो िढंडो बेच्न आइपुगेकी हुन् । ुस्वादिलो लागेकाले थपीथपी खाएँु एमाले नेतृ भगवती नेपाल सहकर्मीलाई पनि सिस्नो ढिडो खान आग्रह गर्दै थिइन् ।

तीन दिनमै ५० हजारले सिन्धु महोत्सव अवालोकन गरे

चौतारा मंसिर ५

-सिन्धुपाल्चोक महोत्सवको तेस्रो दिन सोमबारसम्म करिव ५० हजारले अवलोकन गरेका छन् । स्थानीय तथा आन्तरिक पर्यटकको बढ्दो भीडले महोत्सव भव्य बनिरहेको छ । बुधबारसम्म चल्ने महोत्सवको थप ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

७० स्टलमा राखिएका उत्पादनको विक्री तथा प्रदर्शनीमा सहभागी झुम्मिएका छन् भने व्यापार पनि बढाएको छ । हिमाली दोलंसाको सिस्नो र ढिडो सीमा नाका तातोपानीको ट्राउट माछा राडी पाखी बख्खु घरेलु उत्पादन क्यूरियो सामग्री लघु उद्यमीका उत्पादन लप्सी अदुवाको अचार क्याण्डी लाली गुराँशको सर्वत बाँस र निगालाका समानले आकर्षण थपेको छ ।
लघु व्यवासयीका उत्पादनले राम्रो बजार पाएको जिल्ला लघु उद्यम संघका अध्यक्ष गोपाल सापकोटाले बताए । कृषि स्वास्थ्य र शैक्षिक प्रदर्शनीमा समेत सहभागीको भीड छ । जिल्लामा उत्पादित अर्गानिक कफीले पनि राम्रै बजार लिइरहेको छ ।
ुसिन्धुपाल्चोक समृद्धिको आधार कृषि पर्यटन र व्यापारु भन्ने मूल नाराकासाथ जिल्ला समृद्धिको आधार खोज्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आयोजकका अनुसार ७० जनाले हेलिकप्टर सफारीद्धारा सिन्धुपाल्चोक भ्रमण गरेका छन् । डाइनेस्टी हेलिकप्टरले आइतबार र सोमबार गरी १४ फ्ल्याइटमा उनीहरुलाई घुमाएको हो । २५ मिनेट हेलिकप्टर सफारीको प्रतिव्यक्ति ७ हजार रुपैयाँ शुल्कमा सहभागीले पाँचपोखरी हेलम्बु भैरवकुण्ड तातोपानी नाका जस्ता पर्यटकीयस्थल घुम्न पाएका हुन् ।
साहसिक खेलको प्रवर्दन गर्न आयोजकले सोमबार दलका नेता सरकारी कर्मचारी उद्योगी व्यवसायी लगायतलाई सुनकोसीमा र् याफ्टिङ कायाकिङ खेलाएको छ । महोत्सवको अर्को आकर्षण साहसिक खेल खेल्न भीड लागेको थियो । सोमबारै सरोकारवालालाई ऐतिहासिक नेपाल-तीब्बत युद्धकिल्ला दुगुनागढीको भ्रमण गराइएको छ ।
महोत्सवकै अवसर पारेर मोबाइलसेवा प्रदायक कम्पनी स्मार्ट सेलले निशुल्क सिमकार्ड वितरण गरिरहेको छ । सोमबारसम्म १ सय २५ रुपैयाँ ब्यालेन्स भएको ४ हजार सिम वितरण भएको कम्पनीले जनाएको छ । महोत्सव अवधिभर निशुल्क सिम वितरण गरिने कम्पनीको योजना छ । महोत्सव समापनको दिन बुधबार राजनीतिक सहमतिमा घोषणापत्रको रुपमा सिन्धुपाल्चोक विकासको १० वर्षे कार्ययोजना सार्वजनिक गरिने कार्यक्रम छ ।

Saturday, November 19, 2011

शान्ति र संविधानका लागि निरन्तर एकता : तीन दलका शीर्ष नेता

सिन्धुपाल्चोक महोत्सव उद्‍घाटन-
चौतारा


, मंसिर ३- प्रमुख तीन दल एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताले शान्ति र संविधानका लागि आफूहरुबीच निरन्तर एकता रहने दृढता व्यक्त गरेका छन्। विश्वासको राजनीति वातावरण बनेको भन्दै उनीहरुले एकै मञ्चबाट उभिएर समानतामा आधारित लोकतान्त्रिक संविधान बनाइ छाड्ने वाचासमेत गरे।


चौतारामा शनिबारबाट सुरु सिन्धुपाल्चोक महोत्सवको संयुक्तरुपमा उद्‍घाटन गर्दै तीन शीर्ष नेताले घुमाउरो बाटो हिंडेर भएपनि अन्त्यत आफूहरु कात्तिक १५ गते आशा लाग्दो सहमति गर्न सफल भएको बताए। एकै हेलिकप्टरमा आएका उनीहरुले शान्ति र संविधानमा देखिएका विवाद राजनीतिक सहमतिकै आधारमा समाधान गर्नतर्फ अघि बढ्ने प्रतिवद्धतासमेत जनाए।



माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानका लागि पार्टीले पूरा भूमिका खेल्ने दृढता व्यक्त गरे। 'मेरो र पार्टी दुबैको तर्फबाट भूमिका हुन्छ,' उनले भने। शान्ति र संविधान सबैको चाहाना भएको उल्लेख गर्दै दाहालले छिट्टै पूरा हुने विश्वाससमेत दिलाए।

एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानमा केही ढिलाइ भए पनि राजनीतिक दल घुमाउरो बाटो हुँदै सहमतिका बीचमा उभिन पुगेकाले यसले गति पाउने बताए।
'घुमाउरो बाटो हिँडेर भए पनि १५ कात्तिकको सात बुँदे सहमतिले आशा जगाएको छ,' उनले भने। शान्ति र संविधानका लागि दलबीच निरन्तर लगाव रहने विश्वास दिलाउँदै उनले राज्य पुनःसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणाली संविधान निर्माणका तीन विवाद सहमतिबाटै टुंगो लाग्ने विश्वास व्यक्त गरे। 'राज्य पुनःसंरचना आयोग गठनको सहमतिले यही आशा जगाएको छ,' खनालले भने।

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति र संविधानमा माओवादी भूमिका अत्यन्त सकारात्मक रहेको बताए। 'यसले संविधान बन्ने विश्वासको बातावरण बनाएको छ,' उनले माओवादीको प्रशंसा गर्दै भने। स्थायी शान्ति, संविधान र विकासका लागि कांग्रेस दृढ रहेको दोहोर्‍याउदै देउवाले सात बुँदे र राज्य पुनःसंरचना आयोग बनाउने सहमतिले दलबीच विश्वास बढाएको धारण राखे।
www.nagariknews.com

Thursday, November 17, 2011

हेलिकप्टर चढेर सिन्धुपाल्चोक घुम्ने अवसर

सिन्धुपाल्चोक महोत्सव तयारी पुरा


सिन्धुपाल्चोक मंसिर १
सुन्दर पर्यटकीय गाउँ हेलम्बु पाँचकुण्डको संगम पाँचपोखरी भैरवकुण्ड ऐतिहासिक किल्ला दुगुनागढी जस्ता प्राकृतिक सौन्दर्य र विविधताले भरिपूर्ण सिन्धुपाल्चोक भ्रमणमा निस्कने सोचमा हुनुहुन्छ यदि हुनुहुन्छ भने हेलिकप्टर चढेर िसंगो सिन्धुपाल्चोक एकै फन्कोमा घुम्ने अवसर जुरेको छ ।

मंसिर ३ देखि ७ गतेसम्म हुन गइरहेको सिन्धुाल्चोक महोत्सवले यस्तो अवसर जुराएको हो । ओझेल परेका प्राकृतिक सम्पदाको सम्वद्र्धन गर्दै प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न महोत्सव अवसर पारेर हेलिकप्टरबाट घुम्ने व्यवस्था मिलाएको महोत्सव मूलसमारोह समितिले जनाएको छ । आयोजकका अनुसार २० मिनेट चल्ने हेलिकप्टर भ्रमणका लागि प्रतिव्यक्ति ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । उडानका लागि डाइनेस्टिक हेलिकप्टरसँग सम्झौता भइसेको महोत्वस मूलसमारोह समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले बताए ।
सदरमुकाम चौताराबाट सुरु हुने हेलिक्प्टर उडान यही आएर टुंगिनेछ । चौताराबाट सुरु हुने उडानका लागि अविरल बग्ने इन्द्रावती चर्चित पर्यटकीय गाउँ हेलम्बु पाँचपोखरी नेपाल-तिब्बत युद्ध किल्ला दुगुनागढी भैरवकुण्ड लिस्तिमाई मन्दिर तातोपानी नाका र लिसंखु फाँट हुँदै फर्कने रुट कायम गरिएको श्रेष्ठले जानकारी दिए । एक फ्याइटमा पाँच जनाले घुम्ने अवसर पाउनेछन् ।
यसैबीच ुसिन्धुपाल्चोक समृद्धिको आधार कृषि पर्यटन जलस्रोत र व्यापारु भन्ने मूल नाराका साथ हुन लागेको महोत्वस तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । मूलआयोजक समित र ३१ उपसमितिले महोत्सव तयारी तीव्र पारेका छन् । पर्यटन वर्ष २०११ को अवसर पारेर आयोजित महोत्सवको तीन पूर्वप्रधानमन्त्रीहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले अध्यक्ष झलनाथ खनालले संयूक्त रुपमा गर्दैछन् ।
परम्परालाई कायम राख्दै सिन्धुपाल्चोक समृद्धिको आधार खोज्नु महोत्सवको मुख्य उद्देश्य रहेको एमाले नेता तथा मूलसमारोह समिति सदस्य सुवास कर्माचार्यले बताए । उनका अनुसार महोत्सवबाट राजनीतिक सहमतिका आधारमा विकासका १० वर्षे कार्ययोजना निर्माण गरी घोषणापत्रको रुपमा सार्वजनिक गरेर त्यसलाई जिविसमार्फत कार्यान्वयनमा ल्याइने छ । यसका लागि महोत्सव अवधिभर शिक्षा कृषि बन पर्यटन जलस्रोत लगायत छुट्टाछुट्टै विषयमा विज्ञसहितको कार्याशाला गरिनेछ ।
सदरमुकाम चौतारामा हुने महोत्सवमा स्थानीय संस्कृति झाँकी कला साहित्य घरेलु उत्पादनको प्रदर्शनी ख्यातिप्राप्त कलाकारको प्रस्तुती खेलकुद प्रतियोसिगता मुख्य आकर्षण रहनेछन् । यसकै अवसरमा सुनकोसीमा र् याफ्टिङ कायाकिङ र क्यानोनिङ जस्ता साहसिक खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव सफल बनाउन जिल्लामा कि्रयाशिल राजनीतिक दल उद्योगी व्यवसायी संघसंस्था एक ढिक्का भएका छन् । सदरमुकाम चौतारा दुलही झैं िसंगारिएको छ भने महोत्सवका पाहुनालाई बस्न आसपासका गाउँमा होमस्टेको व्यवस्था समेत गरिएको छ ।

Wednesday, November 9, 2011

गाईले राति दूध चढाएपछि गौराती

आजबाट तीनदिन गौराती मेला



सदरमुकाम चौताराबाट उत्तर । मनोरम प्राकृतिक सौन्दर्य । धुपी र पाटे सल्लाको हरियाली । बाहै्रमास सिरिर्र बगिरहने सिरेटो । पाटाभरी झुलेका गोदोको बाला । जुगल हिमश्रृंखलालाई शिर बनाएर बसेको थुम्को । त्यही थुम्पोमा ऐतिहासिक गौराती भीमेश्वरको मन्दिर छ । यहाँ हरेक वर्षको कात्तिक पूर्णिमाका दिन भव्य मेला लाग्छ ।
मनोकांक्षा पूरा हुने र शक्ति प्राप्त हुने जनविश्वासका साथ भक्तजनहरु भक्तिपूर्वक भीमेश्वरको पूजाअर्चना गर्छन् । मुलुकका विभिन्न स्थानबाट हजारौं भक्तजनहरु आउँछन् । सदरमुकाम चौताराका नेवार समुदायले त परम्परालाई कामय राख्दै मेलालाई दसैं तिहार जत्तिकै महत्वपूर्ण चाडका रुपमा मनाउँछन् ।
जिल्लाकै ठूलो पर्व मानिएकाले त्यस दिन यहाँका सबै शैक्षिक संस्थामा सार्वजनिक विदा दिने प्रचलन छ । गौराती भीमेश्वरप्रतिको विश्वास जनमानसमा कहिल्यै नमेटिने खालको छ । बृद्ध हुन् या केटाकेटी युवायुवती हुन् या अधबैंसे सबैलाई भीमेश्वरले आकर्षित गरेका छन् । हालको गौराती थुम्कोमा भर्खरै ब्याएकी गाईले सँधै लुकेर दूध चढाउने गरेको र यो स्थानबाट दिब्यस्वरुप प्रकट भई ुमेरो पूजाआजा गरे भलो हुनेु बताएपछि भीमेश्वर उत्पत्ति भएको विश्वासले पूजाआजा सुरु भएको कहावत छ । गाईले राति दूध चढाएपछि त्यस ठाउँको नाम गौराति गौराती रहन गएको धार्मिक मान्यता छ ।
कात्तिक पूर्णिमाका दिन मन्दिरको चारैतिर अखण्ड दीप प्रज्वलन गरी नरनारीहरु जाग्राम बस्छन् । मनोकांक्षा पूरा गर्न भक्तजनहरुले भीमेश्वरमा बत्ती बाल्ने र पशुबलि दिने भाकल पहिल्यै गरेका हुन्छन् । कसैले आफ्नो मनौती मनाउन पाँचै बाजासहित भीमेश्वरलाई बलि दिने र विवाहित युवायुवतीले सन्तान नहुँदै बोकाको बलि चढाउने गर्छन् । मन्दिरमा पूर्णिमाका पाँचदिन अघिदेखि पाँचदिन पछिसम्म बत्ती बालिन्छ ।
भीमेश्वर कति पुरानो भन्ने एकिन प्रमाण फेला नपरेपनि वि।सं। १६४२ मा मन्दिरमा दलबहादुर कुँवरले चढाएको घण्टाको आधारमा ४ सय २६ वर्षभन्दा बढी पुरानो मानिन्छ । ०५६ मा मन्दिरलाई पुनर्निमाण गरेपछि भीमेश्वर मन्दिर र त्यस स्थलको सौन्दर्य बढेको छ । १४ लाख रुपैयाँ लागतमा पुनर्निमाण गरिकएको मन्दिरको तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्याले शिलाअनावरण गरेका थिए ।
पूर्णिमाको दिन चौतारा बजारको भीमेसेनको मूर्तिलाई पूजाआजा गरी रथमा राखेर गौराती लगिन्छ । यसलाई रथ जात्रा भनिन्छ । नेवार समुदायका गुठियारले पाचैबाजासहित रथ कतै नरोकी चुँदुवाडाँडा पुर् याउँछन् । गौरातीबाट आएका गुठियारले त्यहाँ बलि दिएर स्वागत पूजा गर्छन् । त्यसपछि गुठियारको घर-घरमा बिसाउँदै गौराती पुर् याएर भीमसेन र भीमेश्वरको मिलन गराइन्छ । पूर्णिमाको भोलिपल्ट अगाली पूजा गरिन्छ । भक्तजनहरु पूजाआजा गर्छन् गुठियारहरुले बलि दिन्छन् । त्यसपछि काटमार बन्द हुन्छ ।
बिदाई पूजाका साथ भीमसेनको रथलाई बेलुकी पख पुनः सदरमुकाम ल्याइन्छ । रथका भीमसेनलाई जिल्ला न्यायाधीश प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले बलि चढाई पूजा गर्छन । गुठीयारको घर-घरमा विसाउँदै तीन दिनपछि भीमसेनलाई मन्दिरमा भित्र्याएपछि गौराती मेला सकिन्छ ।
पूर्णिमाका दिन मन्दिर परिशरमा शिषेश चहलपहल हुन्छ । बूढापाकाहरु रातभर जाग्राम बसेर पूजाआजाका साथ भजनकीर्तनमा नतमस्तक हुन्छन् । ठिटाठिटीहरु दोहोरीमा लठ्ठिन्छन् । सेल रोटी रक्सी सुन्तला लगायत स्थानीय उत्पादनको व्यापार बढ्छ । सदरमुकाम चौताराबाट चार किलोमिटर पैदल या गाडी यात्राद्धारा गौराती पुग्न सकिन्छ । गौराती क्षेत्रको विकासका लागि गुरुयोजना तयार भएपनि कार्यान्वयन नहुँदा भने धार्मिक पर्यटनको विकास सोचेजति हुन सकेको छैन ।

आदिबासी जनजातिको राष्ट्रिय भेला भोलिदेखि

सिन्धुपाल्चोक, कात्तिक २३ - नेपाल आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय भेला बिहीबारदेखि सदरमुकाम चौतारामा सुरु हुँदैछ। दुई दिन चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भएको स्थानीय व्यवस्थापक महासंघ जिल्ला समन्वय परिषद्ले
जनाएको छ।
'आदिबासी जनजातिको आह्वान, आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको नयाँ संविधान' भन्ने मूल नाराका साथ हुन गइरहेको भेलामा बुधबारदेखि देशभरिबाट प्रतिनिधि आउने क्रम सुरु भएको छ। आयोजकका अनुसार संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बिहीबार एक समारोहबीच भेलाको उद्घाटन गर्नेछन्।
कांग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, अर्थमन्त्री वर्षमान पुन, संस्कृतिमन्त्री गोपाल किराँती लगायत अतिथि आमन्त्रित छन्। महासंघ आवद्ध विभिन्न संस्था र ६८ जिल्ला समन्वय परिषद्बाट ३ सय बढी प्रतिनिधिले भेलामा भाग लिने सिन्धुपाल्चोक परिषद्का अध्यक्ष टासी लामा ह्योल्मोले बताए।
शुक्रबार हुने बन्दसत्रबाट आदिबासी जनजातिको अधिकार र समसामयिक राजनीतिबारे चौतारा घोषणापत्र जारी गर्दै भेला सकिने छ। बन्दसत्रमा आर्थिक, सांगठानिक लगायत प्रतिवेदन प्रस्तुत गर्दै पूर्वनिर्धारित एजेण्डामा छलफल गरेर पारित गर्ने कार्यक्रम समेत छ।
भेलाको बन्दसत्रमा छलफलका लागि संविधानमा आदिवासी जनजातिको सुनिश्चितता खोज्न जारी दबाबमूलक कार्यक्रम, आइएलओ सन्धिको दफा १६९ को प्रभावकारी कार्यन्वयन, महासंघको प्रस्तावित नयाँ सांगठानिक संरचना लगायत एजेण्डा तय गरिएको छ। बन्दसत्रबाट पारित हुने यिनै एजेण्डाका निचोडलाई चौतारा घोषणापत्रको रुपमा सार्वजनिक गरिने आयोजकले जनाएको छ।
www.nagariknews.com

Tuesday, November 8, 2011

२ अपहरणकारी २ लाख फिरौतीसहित प्रहरीको फन्दामा

अपहरित बालक तीन दिनमा मुक्त
ध्रुव दंगाल, सिन्धुपाल्चोक, कात्तिक २२


- तीन दिनअघि अपहरित आठ वर्षे भारतीय बालक सञ्जय साहलाई अपहरण मुक्त गर्दै प्रहरीले अपहरणकारीलाई फिल्मी शैलीमा पक्राउ गरेको छ। बालक अपहरण मुक्त भएको चार घण्टापछि अपहरणकारीलाई फिरौतीसहित पक्रन
प्रहरी सफल भएको हो।
पीडित परिवारले बुझाएको २ लाख फिरौतीमध्ये १ लाख ९३ हजार रुपैयाँसहित अपहरणकारी मार्मिङ-४ का छेदेन लामा (२२) र गाती-४ का ज्ञानबहादुर तामाङ (२३) सोमबार राति अरनिको राजमार्गको बन्जीबाट पक्राउ परेका हुन्। राम्चे-७ बाह्रविसे बजारस्थित डेरामा बाबुआमासँगै बस्ने बालक सञ्जय शनिबार दिउँसो अपहरणमा परेका थिए।
स्थानीय केतु इंलिस बोर्डिङ स्कुलको कक्षा दुईमा अध्ययनरत सञ्जय विदाको दिन खेलिरहेको अवस्थामा बेपत्ता भएका थिए। भारत मोतिहारीको तीन सदस्यीय साह परिवार १७ वर्षदेखि बाह्रविसे बजारमा कस्मेटिक र पान पसल व्यवसाय गरी बस्दै आएको छ। 'तीन दिनको अथक प्रयासपछि यो सफलता मिल्यो,' सदरमुकाम चौतारामा अपहरणकारी सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर कुमार पण्डित क्षेत्रीले भने।
माग अनुसार फिरौती बुझाउन गएका सञ्जयका बाबु विजयलाई पछ्याउँदै सादा पोशाकमा खटिएको इन्स्पेक्टर क्षेत्री नेतृत्वको टोलीले पहिले बालकलाई उद्दार गर्दै पछि अपहरणकारीलाई पक्रेको हो। बालकका बाबु विजयका अनुसार अपहरणको दिन साँझ सञ्जय आफूहरुसँग सुरक्षित रहको र घर फर्कने बताएका उनीहरुले भोलिपल्ट आइतबार विहान फोन गरी ५ लाख रुपैयाँ फिरौती मागेका थिए। नदिए बालकलाई मार्ने धम्की अपहरणकारीले दिएपछि उनी प्रहरी सम्पर्कमा पुगेका थिए। प्रहरीले पीडितका बाबुसँग योजना बनाउँदै बालक बेपत्ता भएको मात्र भनेर गोप्य ढंगले अनुसन्धान अघि बढाएको थियो।
५ लाख मागेपनि लगातारको बार्गेनिङपछि सोमबार बिहान २ लाख रुपैयाँ फिरौतीमा अपहरणकारी र पीडित परिवारबीच सहमति भएको थियो। बजारबासीले आधा घण्टाको बीचमा फिरौती रकम जुटाइ दिएको विजयले बताए। 'अपहरणकारीसँग भएको सबै गतिविधि प्रहरीलाई निरन्तर जानकारी दिइरहें,' उनले भने। अपहरणकारीले मेरो मोवाइलका तीन वटा नम्बर प्रयोग गरेर फिरौती बार्गेनिङ गरेका थिए।
फिरौती रकम दिने, बालक उद्दार गर्ने र अपहरणकारीलाई समेत पक्रने योजना प्रहरीसँग बनाएर सञ्जय सोमबार विहान १० वजे पैसा बुझाउन पूर्वसहमति स्थल मार्मिङको चाकु बजार पुगे। इन्स्पेक्टर क्षेत्रीसहित चार प्रहरी सादा पोशाकमा निजी कार र मोटरसाइकलमा पहिल्यै त्यहाँ पुगिसकेका थिए। तीन ठाउँ परिवर्तन गर्दै अपहरणकारीको निर्देशन अनुसार विजयले मार्मिङ नजिक जंगलमा रकम ढुंगाले थिचेर राखे। 'मेलै नदेखेपनि उनीहरुले मेरो सबै गतिविधि देखिरहेका थिए। उनीहरुसँग भएका कुरा प्रहरीलाई लगातार जानकारी दिइरहें,' उनले भने। फिरौती बुझेको आधा घण्टापछि दिउँशो सवा तीन वजेतिर अपहरणमुक्त हुँदै बाबु रहेको स्थल मार्मिङ आइपुगे।
बालकको जानरकारीका आधारमा उपहरणकारी भाग्ने सम्भावित ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरेर सर्च अभियान चलाइएको थियो। यसक्रममा प्रहरीले दुईतर्फी रुपमै गाडी र व्यक्ति रोकेर अपहरणकारीले प्रयोग गरेका तीनवटै मोबाइल दबाउँदै जाँदा उनीहरु पक्राउ परेको इन्स्पेक्टर क्षेत्रीले बताए। 'तातोपानीबाट काठमाडौं आउँदै गरेको निजी कार रोकेर मोबाइल दबाउँदा तीनमध्ये उनीहरुका साथबाट दुईवटा सीम नम्बरमा घण्टी गयो,' उनले भने। क्षेत्रीका अनुसार मादक पदार्थ समेत सेवन गरेका उनीहरु कार रिजर्व गरेर काठमाडौं भाग्दै थिए।
अपहरणकारीले ९८१३७०३६०५,९८१८७८९६५४ र ९८१३७९१२९९ नम्वरको सीमकार्ड प्रयोग गरेका थिए। तीमध्ये पछिल्ला दुई सीमसहितको मोवाइल प्रहरीले बरामद गरेको छ। रकमको लागि अपहरण गरेको स्वीकारेका अपहरणकारीले फिरौती बापत पाएको केही रकम खर्च गरेको बताएका छन्।

यसरी बन्यो अपहरण योजना
प्रहरीका अनुसार घटनाको प्रमुख योजनाकार छेदेन हुन्। उनले अपहरणको १५ दिनअघि योजना बनाएको बताए। उनकी दिदी पाशाङ डोल्मा साह परिवारको डेरा नजिक डेरै गरेर बस्दै आएकी छिन्। छेदेन बारम्बार दिदीकोमा आउजाउ गरिरहन्थे। भारतबाट झेरेर ०५१ सालदेखि बाह्रविसेमा व्यवसाय गरी बसेका साह परिवारका बालक छोरादेखि पछि पैसाको लागि अपरहण गरको प्रहरीको भनाइ छ। अपहरणपछि उनीहरुले बालकलाई गातीको विभिन्न स्थल हुँदै विकट लिस्तिमाइको मन्दिरसम्म पुर्‍याएर लुकाएका थिए।
यसैबीच बाह्रविसेबासीले अपहरणकारीलाई कडा कार्वाहीको माग गर्दै मंगलरबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। बस रिर्जव गरेर झण्डै सयको संख्यामा आएका उनीहरुले आर्थिक र राजनीतिक चलखेल हुन सक्ने भन्दै प्रहरी प्रमुख डिएसपी बसन्तकुमार लामालाई सुझाए। 'अपहरण घटना जिल्लामै पहिलो हो। कानुन अनुसार कार्वाही गर्न कुनै शक्तिले रोक्न सक्दैन,' उनले बाचा गरे। यसअघि उनीहरुले बालक अपहरण मुक्त भएको र अपहरणकारी पक्रेको खुशियालीमा सोमबार राति बाह्रविसे बजारमा प्रहरीको पक्षमा नाराबाजी गरे। यो क्रममा स्थानीयले अपहरणकारीलाई कडा कार्वाहीको माग गर्दै घटनामा सफल भएका प्रहरी र साह परिवारलाई खादा र सिन्दुर लगाएर बजार परिक्रमासमेत गराएका थिए।

प्रहरी पुस्कृत
बालक अपहरणमुक्त गराउँदै अपहरणकारी पक्रन सफल सइसहितका ६ प्रहरी पुरस्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालयले उनीहरुको कामको प्रसंशा गर्दै मंगलबारै नगदद्वारा पुरस्कृत गरेको हो। पुरस्कृत हुनेहरुमा सई कृष्ण थापा, हवाल्दारद्धय सूर्य माझी, हरि कार्की तथा जवानहरु राजन खत्री, महेन्द्र पौडेल र सहकुल थापा छन्। अर्का जवान देबबहादुर भुजेललाई भने एक तह बढुवाका लागि सिफारिस गरिएको डिएसपी लामाले जानकारी दिए।
-नागरिकबाट

Wednesday, November 2, 2011

यस्तो छ शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउने सहमति (पूर्णपाठ)

काठमाडौ, कार्तिक १५ - राजनीतिक दलहरुले शान्ति प्रकृया मंगलबार ऐतिहासिक उपलब्धी प्राप्त गरेका छन् । माओवादी, काँग्रेस र एमालेबीच भएको सहमतिमा मधेसी लोकतान्त्रिक मोर्चालेसमेत सहमति जनाएको छ ।

दलहरुबीच भएको सहमतिले लामोसमयदेखि अपुरो अवस्थामा रहेको शान्ति प्रकृया टुङ्गोमा पुर्याउने मात्र होइन विगत साँढे तीन बर्षदेखि जारी रहेको संविधान निर्माण प्रकृयालेसमेत गतिलिने अपेक्षा बढेको छ ।

शान्ति प्रकृयाको सबैभन्दा जटिल र महत्वपूर्ण रहेको माओवादी लडाकुको समायोजन सम्बन्धी प्रकृयामा दलहरुबीच सहमति जुटेको हो । दलहरुले यसलाई ऐतिहासिक सहमतिको संज्ञा दिइरहेका छन् ।

दलहरुबीच भएको सहमतिको पूर्णपाठ:

शान्ति प्रक्रिया लगायतका विषयमा राजनीतिक दलहरुको सहमति

शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यस सन्दर्भमा नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याई संविधान निर्माण लगायतका राजनीतिक प्रक्रियाहरुलाई अगाडि बढाउनु पर्ने तथ्य प्रष्ट नै छ । अतः विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ तथा विभिन्न समयमा राजनीतिक दलहरुका बीच भएका सहमति अनुरुप शान्ति प्रक्रियाका बाँकी कामहरु तुरुन्त सम्पन्न गर्दै संविधान निर्माण र राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउन निम्नलिखित सहमति गरेका छौं ः

१. माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापना

क) शिविरमा रहेका माओवादी सेनाका लडाकुहरुको विवरण अद्यावधिक गरिने छ ।

ख) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुको संख्या बढीमा ६५०० (छ हजार पाँचसय) सम्म हुनेछ । समायोजन नेपाली सेना अन्तर्गत महानिर्देशनालयमा हुनेछ । त्यसमा सुरक्षा निकायबाट ६५ प्रतिशत र माओवादी सेनाका लडाकुहरुबाट ३५ प्रतिशतको संख्या रहनेछ । महानिर्देशनालयको कार्य विकास–निर्माण, बन सुरक्षा, औद्योगिक सुरक्षा र विपद् व्यवस्थापन हुनेछ ।

ग) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुले सम्बन्धित सुरक्षा निकायको मापदण्ड व्यक्तिगत आधारमा पूरा गर्नुपर्ने छ । तर उमेर, शिक्षा र वैवाहिक स्थितिको मापदण्डमा लचकता अपनाइने छ । माओवादी सेनाका लडाकुमा भर्ना हुँदाको मितिमा तोकिएको दर्जाका लागि शिक्षामा एक तहसम्म र उमेरमा तीन बर्षसम्मको बढी उमेरमा लचकता अप्नाइने छ ।

घ) समायोजनमा सामेल हुनेहरुको दर्जा निर्धारण सम्बन्धित सुरक्षा निकायको मापदण्ड अनुसार हुनेछ । सुरक्षा अङ्गमा अधिकृत र अन्य दर्जामा समायोजन गर्दा सुरक्षा निकायको प्रचलित व्यवस्था र हालका अधिकृत र अन्य दर्जाका व्यक्तिहरुको वृत्ति विकासमा नकारात्मक असर नपर्ने गरी दर्जा निर्धारण गरिनेछ । लडाकुहरुको समयावधि गणना अनमिनले प्रमाणिकरण गर्दा उल्लेख गरेको प्रवेश मितिको आधारमा गरिने छ ।

ङ) सुरक्षा निकायको ब्रिजिङ कोर्स र तालिम पूरा गरेपछि लडाकुहरुले सुरक्षा निकायको तोकिएको तहको जिम्मेवारी पाउनेछन् । ब्रिजिङ कोर्ष र तालिम सम्बन्धित सुरक्षा निकायले दिनेछ ।

च) समायोजनको प्रक्रिया शुरु भएपछि शिविरमा रहेका सबै हतियार स्वतः नेपाल सरकारको मातहतमा आउनेछन् ।

२) माओवादी सेनाका लडाकुहरुको पुनःस्थापना

क) पुनःस्थापनामा सामेल लडाकुहरुका लागि शिक्षा, तालिम एवं व्यवसायिक अवसरहरुको प्याकेजको विकल्प उपलब्ध गराइने छ । सो प्याकेजको स्वरुप एवं समयावधि हेरी रु. ६ देखि ९ लाखसम्मको मूल्य हुनेछ ।

ख) उक्त प्याकेजको सट्टा नगद रकम लिई स्वैच्छिक अवकाशमा जानेहरुका लागि विभिन्न तहको जिम्मेवारी हेरी सबभन्दा माथिल्लो तह तथा त्यसभन्दा तल तीन तह निर्धारण गरिने छ तथा सबभन्दा माथिल्लो तहका लडाकुहरुलाई रु. ८ लाख एवं त्यसपछिका तहमा रहेकाहरुलाई क्रमशः रु.७ लाख, रु.६ लाख र रु.५ लाख दिइने छ । सो रकम दुई आर्थिक वर्षमा दुई किस्तामा उपलब्ध गराईने छ । यससम्बन्धमा दुई दिनभित्र विशेष समितिको बैठकबाट विधिवत् निर्णय गरिनेछ ।

३) समूह विभाजन

समायोजन र पुनःस्थापनामा सामेल हुनेहरुको सम्बन्धमा विशेष समितिको बैठकबाट प्रक्रियागत विषयमा सात दिनभित्र निर्णय गरी समूह विभाजनको काम प्रारम्भ हुनेछ । समूह विभाजनको काम २०६८ साल मंसीर ७ गते भित्र सम्पन्न गरिनेछ ।

४) सहमति बमोजिमका आयोगहरुको गठन

क) विस्तृत शान्ति सम्झौता बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ताहरुको छानबिन आयोग सम्बन्धी विधेयक मेलमिलापको भावना अनुरुप व्यवस्थापिका संसदबाट सहमतिको आधारमा पारित गरिनेछ । यी आयोगहरु सहमतिको आधारमा एक महिना भित्र गठन गरिनेछ ।

ख) विस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान, २०६३ को मर्म र भावना अनुसार द्वन्द्वकालका मुद्दाहरु हेरिनेछ ।

५) द्वन्द्व पीडितहरुलाई राहत–सहयोग

सशस्त्र द्वन्द्वकालमा द्वन्द्वका कारण मारिएका व्यक्तिका परिवार, अपाङ्ग र अङ्गभङ्ग भएका व्यक्तिहरु, वेपत्ता व्यक्तिका परिवार, विस्थापित व्यक्ति र परिवार एवं सम्पत्ति नष्ट भएका परिवारलाई न्यायोचित किसिमले विना भेदभाव राहत–सहयोग उपलब्ध गराइनेछ । विस्तृत शान्ति सम्झौता पश्चात् यसरी दिइने राहत–सहयोग कसैलाई भेदभाव नगरी समानताका आधारमा उपलब्ध गराइनेछ ।

६. विगतका सहमतिहरुको कार्यान्वयन र विश्वासको वातावरण सिर्जना गर्ने

क) सशस्त्र द्वन्द्वको क्रममा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) कोे कब्जामा रहेका निजी तथा सार्वजनिक घर, जग्गा सम्बन्धित व्यक्ति र संस्थालाई फिर्ता गरी भोग चलन गराउन एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले संस्थागत निर्णय गरी २०६८ साल मंसिर ७ गते भित्र सम्बन्धित व्यक्ति र संस्थालाई उपलब्ध गराइने छ । कब्जा भएको अवधिको जग्गाको आयस्ता बापत सम्बन्धित व्यक्तिलाई उपयुक्त क्षतिपूर्ति दिइने छ ।

ख) विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र वैज्ञानिक भूमिसुधारको मर्म र भावना अनुसार किसानहरुको अधिकार सुरक्षित गरिनेछ ।

ग) एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को योङ्ग कम्युनिष्ट लिग (वाई.सी.एल्.) को अर्ध–फौंजी संरचना र गतिविधिको अन्त्य गरिने छ तथा त्यसको नियन्त्रणमा रहेका सबै नीजी र सार्वजनिक एवं सरकारी भवन र जग्गा २०६८ साल मंसिर ७ गते भित्र खाली गरी सम्बन्धित संस्था र व्यक्तिलाई फिर्ता गरिनेछ ।

घ) पहिलेको सहमति बमोजिम यातायात व्यवस्था विभागमा अभिलेख राखिएका एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को प्रयोगमा रहेका गाडीहरु २०६८ साल मंसिर ७ गते भित्र नियम–कानून अनुसार नियमित गरिनेछ । नियमित नभएका गाडीहरु सरकारले जफत गर्नेेछ । शिविरमा रहेका गाडीहरु नेपाल सरकारको मातहतमा आउनेछन् ।

ङ) कब्जा घर जग्गा फिर्ता गर्ने सहमतिको कार्यान्वयन भए नभएको अनुगमन गर्ने तथा कार्यान्वयन नभएको भए कार्यान्वयन गराउने जिम्मेवारी स्थानीय प्रशासनको हुनेछ । यसमा राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने छ ।

७) संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार

क) शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई सार्थक निष्कर्षमा पु¥याउन राजनीतिक दलहरुका बीचको सम्बादलाई निरन्तरता दिइने छ । यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिनेछ ।

ख) संविधान निर्माणको कार्यलाई तीब्रता दिइने छ । संविधानसभाबाट सहमतिको आधारमा अविलम्ब विज्ञहरुको टोली बनाई राज्यको पुनःसंरचनाबारे सुझाव लिइने छ र एक महिनाभित्र नयाँ संविधानको मस्यौदा निर्माणको काम आरम्भ गरिने छ ।

ग) शान्ति र संविधान निर्माण प्रक्रिया उपर्युक्त किसिमले अगाडि बढ्ने क्रमसंगै राष्ट्रिय सहमतिको सरकार निर्माण प्रक्रिया अगाडि बढाइने छ ।



पुष्पकमल दाहाल (प्रचण्ड)

अध्यक्ष, एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

सुशील कोइराला

सभापति, नेपाली कांग्रेस

झलनाथ खनाल

अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत माक्र्सवादी–लेनिनवादी)

विजय कुमार गच्छदार

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तर्फबाट



मितिः २०६८।७।१५।३

Tuesday, October 25, 2011

घुम्न जाउँ है चौतारा

सिन्धुपाल्चोक महोत्सव

सिन्धुपाल्चोक कात्तिक ८ -सिन्धुपाल्चोक समृद्धिको आधार जलस्रोत पर्यटन कृषि र व्यापार भन्ने मुलनाराका साथ सिन्धुपाल्चोक महोत्सव हुने भएको छ । सदरमुकाम चौतारामा आगामी मंसिर ३ देखि ७ गतेसम्म पाँच दिन महोत्सव चल्नेछ ।
समृद्ध सिन्धुपाल्चोकको आधार खोज्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सव तयारीका लागि सोमबार राजधानीमा भएको सर्वपक्षीय भेलाले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा मुलसमारोह समित गठन गरेको छ । महोत्सव मूलसमारोहमा सिन्धुपाल्चोक विकासको घोषणापत्र जारी गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यो नै महोत्सवको मुख्य विशेषता हो उनले भने । उनका अनुसार जिल्लास्थित राजनीतिक दलका नेता सभासद् र विशेषज्ञ सम्मिलित टोलीले कार्यशालाद्धारा जलस्रोत पर्यटन कृषि र व्यापार सम्वन्धि छुट्टाछुट्टै घोषणापत्र तयार गर्नेछ । पर्यटन वर्ष २०११ लाई समेत लक्षित गर्दै आयोजना गरिएको महोत्सवमा १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । भ्रमण वर्ष १९९८ को अवसरमा समेत सिन्धु महोत्सव आयोजना गरिएको थियो ।

शुभदिपावली कप सेनाको पोल्टामा


ईर्खुमा सन्चालित शुभदिपावली कप भलिवल प्रतियोगिताको उपाधि नेपाली सेनाको गोरखनाथ गणले कब्जा गरेको छ । मंगलबार भएको फाइनलमा आयोजक ईर्खुलाई हराउँदै सेनाले उपाधि रक्षा गरेको हो ।

Friday, October 21, 2011

कसले मार्ला बाजी

इर्खुमा शुक्रबारबाट पाँचौ शुभदिपावली कप भलिवल प्रतियोगिता सुरु भएको छ ।

Thursday, October 20, 2011

सरकारी कर्मचारीसहित २६ जुवाडे खालबाटै समातिए

ध्रुव दंगाल, सिन्धुपाल्चोक, कात्तिक ३ - चार सरकारी कार्यालयका ६ कर्मचारीसहित २६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम चौतारास्थित व्यक्तिको घरम गोप्य रुपमा सञ्चालित जुवा घरबाट जुवा र ८४ हजार रुपैयाँ नगदसहित उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जुवातास नियन्त्रण गर्ने निकाय जिल्ला प्रशासन कार्यालयका कर्मचारीसमेत छन्।

सरकारी वकिलको कार्यालय, मालपोत कार्यालय, खानेपानी तथा सरसफाइ कार्यालय र कृषि विकास बैंकका अधिकृतदेखि पियन र सर्वसाधरण छन्। जुवाको रौनकमा 'मार्रा' भन्दै होहल्ला गर्दै गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टरद्वय वेणी सिलवाल र लोकहरि ढकाल नेतृत्वको प्रहरी टोलीले राति ११ बजेतिर उनीहरुलाई एमाले नेता जालबहादुर लामाको घरबाट पक्राउ गरेको हो। जुवाखेलिरहेका लामा पनि पक्राउ परेका छन्।
इन्स्पेक्टर सिलवालका अनुसार पक्राउ पर्नेहरुमा प्रशासन कार्यालयका अधिकृत भीम कोइराला, नायव सुब्बा स्थानेश्वर भट्टराई, सहयोगी पूर्णबहादुर बुढाथोकी, सरकारी वकिल कार्यालयका बेनु सिवाकोटी, मालपोतका सुब्बा भगिरथ सिग्देल, खानेपानीका कार्यालय सहयोगी कृष्णबहादुर राउत, कृषि बैंकका सहायक शम्भु बानियाँ छन्। त्यस्तै जुवा खेलाउने निमा शेर्पा, राजाराम थापा, दलबहादुर खत्री, मल भुजु, स्वरुप श्रेष्ठ, विकास घले, तारा श्रेष्ठ, रामबहादुर कुँवर, नारायण अधिकारी, हेमन्त प्रधान, राजकुमार पुरी, केशव श्रेष्ठ, क्षेत्रबहादुर तामाङ, लगायत छन्।
उनीहरुलाई 'आइन्दा जुवा नखेल्ने' सर्तसहित कागजमा सही गराएर छाडिएको छ। पहिलो पटक भएकाले सख्त चेतावनीसहित छोडिएको इन्स्पेक्टर सिलवालले बताए। जिल्ला प्रहरीले जुवाघरबाट बरामद रकम सामाजिक काममा लगाउने निर्णय गरेको छ। ७५ प्रतिशत निर्माणाधिन सामुदायिक प्रहरी भवन र २५ प्रतिशत स्थानीय वृद्धाश्रमलाई उपलब्ध गराउने प्रहरीले जनाएको छ।
प्रहरीले पहिलो पटक जुवाघरमा छापामारी यति धेरै जुवाडे समातेको हो। अन्यत्र पनि जुवा खेलाइने सूचना आफूहरुसँग रहेको बताउँदै प्रहरी प्रमुख डिएसपी बसन्त लामाले छापा मार्नेक्रमलाई निरन्तरता दिने बताए।

भव्य भवनः १ सय ६६ वर्ष पुरानो भवन छोडेर जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक बुधबारदेखि २ करोड रूपैयाँमा निर्मित भव्य भवनमा सरेको छ ।

Saturday, October 15, 2011

सकुटे बैठकमा किन एक्ला–एक्लै हिँडे भट्टराई ?


ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, चैत २१-
      शान्त वातावरणमा पार्टी आन्तरिक कलह मिलाउन सुकुटेको इक्वेटर बिच रिसोर्टमा दुई दिन चलेको माओवादी स्थायी समिति बैठकमा उपाध्यक्ष डा. बाबुराम भट्टराईको अनुहारमा अघिपछिको जस्तो चमक थिएन। कार्यकर्ताले उनी हाँसेको देख्‍न पाएनन्। बोलेनन् पनि। धक फुकाएर सञ्चारकर्मीसँग बोल्ने भट्टराई यस पटक उनीहरुसँग टाढै  
बसे।   
      बैठकबाहेकको समयमा पनि उनी एक्लै देखिन्थे। एक्लै हिँड्थे, एक्लै टोहोलाउँथे, 'एकान्तप्रेमी' जस्तै। बैठक अघिपछिको साँझ–बिहान उनी कि त एकोहोरो सुनकोसी नदीतिर हेरिरहन्थे कि त वरिवरि सालको जङ्गलतिर आँखा डुलाइरहेका भेटिन्थे। चिया, नास्ता र खाजाको समयमा पनि उनी सहकर्मीसँग त्यति बोलेनन्।


     शनिबार बैठकमा भाग लिन आउँदा माइक्रोबाट ओर्लेर समूहमा नहिँडी एक्लै रिसोर्ट छिरेका उनी फर्कंदा पनि सरासर माइक्रोमा गएर बसे। आइतबार बैठकको मध्यान्तरमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य, नारायणकाजी श्रेष्ठलगायत् स्थायी समितिका नेताले सुनकोसीमा र्‍याफ्टिङको मज्जा लिए। आपसमा हाँसो ठट्टा गर्दै गरमागर्मी बहसले तातेका उनीहरुले 'मुड फ्रेस' बनाए पनि भट्टराईको चेहरामा भने सुधारको सङ्केत देख्‍न पाइएन।


     र्‍याफ्टिङ अनुभूतिबारे जिज्ञासा राख्‍न चोर बाटो भएर सुनकोसी बगर उत्रेका पत्रकारको घेरामा परेपछि भने उनी बोल्न बाध्य भए। र्‍याफ्टिङ खेल्दा कस्तो अनुभव गर्नुभो उपाध्यक्षज्यू ? भन्ने जिज्ञासामा अन्तरमुखी स्वभावका उनले यत्ति भने- राजनीति गर्ने मान्छेले हरेक कुराको अनुभव गर्नुपर्छ। अङ्गरक्षकले उनलाई पछि कुरा गर्नुहुन्छ भन्दै बोल्न रोकिरहेका थिए। पार्टीमा तीन खेमा (पक्ष) को नेतृत्व गरिरहेका अध्यक्ष दाहाल र उपाध्यक्षद्वय वैद्य र भट्टराई र्‍याफ्टिङ बोटमा पनि तीनतिर बाँडिएका थिए।


     अध्यक्ष दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा भट्टराईलाई 'पार्टी फुटाउन खोजेको' आरोप लगाउँदै तीव्र आलोचना गरेका थिए। चकाचर्की बहस गरिरहेका उनले जवाफमा भने- जस्तै अवस्था आए पनि लड्छु। अन्त्यसम्म पार्टीमै हुन्छु। अध्यक्ष दाहालले सङ्गठन मनोमानी ढङ्गले चलाएको प्रसङ्गमा मात्र उनले वरिष्ठ उपाध्यक्ष वैद्यको साथ पाएका थिए।


      बैठक समाप्तिपछि निर्णय जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराई झनै भावुक थिए। पार्टी फुटाउन खोजेको आरोप खेप्दै आएका उनी पत्रकार सम्मेलनमा चेपुवामा परेको प्रस्टै देखिन्थ्यो। पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हुन नसकेको अभिव्यक्ति दिँदै आएका उनले पत्रकारमाझ आफ्नो हबला दिँदै मिडियामा आएका कुरा 'अतिरञ्जित' भएको बताए। 


           उनले भने- पार्टी फुट्न सक्छ भनेर बोलेको सत्य हो तर मिडियामा आएका धेरै कुरा झुट छन्। म यहीँबाट खण्डन गर्न चाहन्छु। पार्टी विवाद सम्बन्धमा सञ्चारकर्मीले भट्टराईलाई सोधेको प्रश्‍नमा अध्यक्ष दाहालले आफैं अग्रसर भएर 'पार्टी हिजो पनि एक थियो, आज पनि छ र भोलि पनि रहन्छ' भनेर जवाफ दिएका थिए। बैठक सुरु हुँदादेखि नै प्रतिक्रियाका लागि सञ्चारकर्मीले खोजी गरेका भट्टराई नबोलून् भन्ने मनसाय संस्थापन पक्षमा पाइन्थ्यो।

सभासद् डोल्मा गाउँमै पढ्ने

Thursday, 23 June 2011 00:07  नागरिक
                    ध्रुव दंगाल, सिन्धुपाल्चोक, असार ९ - एमाले सभासद् डोल्मा तामाङले ३८ वर्षको उमेरमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी छन्। पश्चिमी सिन्धुपाल्चोकको इचोक-७ की उनले रौतहटको विश्वरामपुरस्थित नेपाल उच्च माविबाट एसएलसी दिएकी थिइन्। उनी एमाले  
जिल्ला समिति उपसचिव समेत हुन्।  
स्वअध्ययनको भरमा नियमित परीक्षार्थीका रुपमा उनले पहिलोपटक यो सफलता प्राप्त गरेकी हुन्। 'मेहनत गर्‍यो भने असम्भव केही रहेनछ,' डोल्माले नागरिकसँग भनिन्।
समाजशास्त्र विषय लिएर उच्च शिक्षा अघि बढाउने निधो गरेकी छिन्। 'समाजमा अझ धेरै घुलमिल गर्नु छ,' उनले भनिन्, 'समाजको सूक्ष्म अध्ययन गर्ने चाहना छ।'
जिल्लाकै उच्च माविमा भर्ना हुने उनले बताइन्। 'एसएलसी तयारीका क्रममा पढाउने शिक्षकसँगको चिनजानले रौटहट पुगे पनि १० जोड दुई भने कर्मथलो जिल्लामै पढ्छु,' उनले भनिन्।
 सानैमा बिहे भएकाले घरव्यवहार र छोराछोरीको हेरचाह गर्नुपर्ने बाध्यताका कारण उनले विद्यालय टेक्न पाइनन्। दुई सन्तानकी आमा डोल्माका छोरा प्रशान्त राजधानीमै व्यवस्थापन विषय लिएर कक्षा १२ पढिरहेका छन्। छोरी सुनिसा हेलम्बुको मेलम्चीघ्याङ माविमा कक्षा ९ मा पढ्छिन्।
 चेलिबेटी बेचविखनविरुद्धको अभियानमा लामो समय सक्रिय डोल्मा सामाजिक कार्यकर्ताको पृष्ठभूमिबाट राजनीतिमा छिरेकी हुन्। एक्सन-एड नेपाल नामक गैरसरकारी संस्थामा जागिर खाने क्रममा उनले ०४९ मा स्वअध्ययन गरेर कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेकी थिइन्। उनले त्यतिबेलै अध्ययनलाई निरन्तरता दिन खोजे पनि छोराछोरीको पढाइका कारण सकिनन्। अस्ट्रेलियन वन परियोजनामा साढे दुई वर्ष काम गर्ने क्रममा पनि उनले पढ्न खोजकी थिइन् तर घरव्यवहारकै कारण पाइनन्।
 'एक दिन स्कुल जान नपाए पनि सानैदेखिको पढ्ने धोको बल्ल पूरा भयो। छोराछोरी हुर्केकाले अब जसरी भए पनि पढ्छु,' उनले भनिन्। भर्खर पार्टी लाइन समातेका बेला २०५४ सालको स्थानीय चुनावमा एमालेलाई भोट दिएपछि डोल्मा ९ वर्ष गाउँबाट बहिष्कृत समेत भएकी थिइन्। राजनीतिक जीवन र जिम्मेवारीले नियमित कलेज जान नपा एपनि घरमा भरपुर मेहनत गर्ने डोल्माको दृढता छ।


गर्भवती हुनुभयो ? ल बधाई

ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, असार २२- 'तपाईं गर्भवती हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं।' यही बेहोराको कार्ड गर्भवतीको हात–हातमा आउँदैछ। अचम्म नमान्नुहोस्, यो कार्ड तपाईंकै लागि हो। आमा र बच्चालाई सम्भावित जोखिमबाट  
बचाउन जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले गर्भवतीलाई बधाईसहितको निमन्त्रणा कार्ड पठाउन थालेको छ।  
'स्वास्थ्य संस्थामा गर्भवतीको पहुँच बढाउन कार्ड पठाउन थालेका हौं'- जिल्ला स्वास्थ्य प्रमुख डा. राजेन्द्र पन्तले नागरिकसँग भने। स्वास्थ्य संस्थामा गर्भवतीको पहुँच कायम नहुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा परेको र सरकारी सेवा र लगानीको समुचित सदुपयोग हुन नसकेपछि कार्ड अभियान थालिएको उनले बताए।


जिल्लाका सबै स्वास्थ्य संस्थाबाट गर्भवतीलाई बधाईसहितको निमन्त्रणा कार्ड वितरण गर्ने व्यवस्था मिलाइएको छ। कार्डमा गर्भवती अवस्थामा पूरा गर्नुपर्ने जाँच, सेवन गर्नुपर्ने औषधी र खोप तथा सरकारद्वारा उपलब्ध सेवा, उनीहरुले पाउने सुत्केरी भत्तालगायत् विषयमा जानकारीसमेत गराइएको छ।


सरकारले गर्भवती तथा सुत्केरी सेवालाई निशुल्कसहित सुविधा थप्दै लगे पनि ग्रामीण महिलाको सुरक्षित प्रसूति सेवा प्रभावकारी बन्न सकेको छैन। जसका कारण वर्षेनि सयौं आमा तथा नवजात शिशुको जीवन जोखिममा पर्दै आएको छ भने उनीहरुका लागि उपलब्ध लाखौं रुपियाँ सुत्केरी भत्ता फिर्ता हुने गरेको छ। जिल्लामा वार्षिक ९ हजार ६ सय महिला गर्भवती हुने र ८ हजार १ सय ५० सुत्केरी हुने स्वास्थ्य कार्यालयको तथ्याङ्क छ। गर्भवती महिलामध्ये १८ प्रतिशत मात्र स्वास्थ्य संस्थामा आउने तथ्याङ्क अधिकृत विनोद पौडेलले जानकारी दिए।


'गर्भवतीको ५० प्रतिशतमात्र पहिलो पटकको परीक्षणमा आउँछन्। चौथो पटकसम्मको परीक्षण र स्थास्थ्य संस्थामा सुरक्षित सुत्केरी गारउने सङ्ख्या दोब्बरका दरले घट्छ,' उनले भने। गर्भ रहेको चौथो, छैटौं, आठौं र नवौं महिनामा कम्तिमा चार पटक परीक्षण गराउनुपर्छ। कार्यालयको रकेर्डअनुसार चालू वर्षको वैशाखसम्म ४ हजार २ सय १९ महिलाले पहिलो पटक गर्भपरीक्षण गराएकोमा त्यसको आधा भन्दाकम १ हजार ९ सय ६० मात्र चौथो पटकको परीक्षणमा आएका छन्। स्वास्थ्य कार्यकर्ताको प्रत्यक्ष निगरानीमा सुरक्षित प्रसूति गराउनेको सङ्ख्या १ हजार ३ सय ९२ मात्र छ।


माओवादी सभासद् श्रेष्ठले फेसबुक स्टाटस लेखे, 'कुकुरहरु भुक्दै गर्छन्'

नागरिक , २०६८
ध्रुव दंगाल, सिन्धुपाल्चोक, असार २८- पार्टीभित्रैबाट रक्तचन्दन तस्करी गरेको आरोप खेपिरहेका माओवादी सभासद् राजकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आक्रोस पोखेका छन्। पछिल्ला २४ घण्टाबीचमा लगातार चार वटा स्टाटस लखेर उनले आरोप लगाउनेलाई लक्षित गरी तीव्र आक्रोश पोखेका हुन्। 




उनले सोमबार एकैदिन ती स्टाटस लेखेका थिए। पहिलो स्टाटस लेखेको एक घण्टापछि उनले एकै पटक तीन स्टाटस लेख्‍न भ्याएका छन्। सूचना तथा सञ्चारमन्त्री अग्नी सापकोटाले श्रेष्ठलाई जुवाघरबाट पक्राउ गरेको र उनी रक्तचन्दन तस्करी भएको आरोप लगाएका थिए। सापकोटाको आरोपविरुद्ध छानबिन माग गर्दै शुक्रबार श्रेष्ठले पार्टी स्थायी समितिमा लिखित निबेदन दिएपछि दुबै नेताबीच आरोप-प्रत्यारोप चल्दै आएको छ। यसको छानबिन गर्न पार्टीले नेतात्रय अमिक सेरचन, वर्षमान पुनः र दिनानाथ शर्मा सम्मिलित समिति नै गठन गरिसकेको छ।



उनले स्टाटसमा नेता सापकोटाप्रति लक्षित गर्दै 'कुकर' र 'डाँका'जस्ता तल्ला स्तरका शब्द प्रयोग गरेर तीव्र आक्रोश व्यक्त गरेका छन्।


'गोएबल्सका चेलाहरु भ्रामक कुराहरु प्रचार गरेर आत्मरती लिएरहेका छन्,' उनले नेपाली युनिक अक्षरमा पहिलो स्टाटस लेखेका छन्। उनले दोस्रो स्टाटसमा बाघ र बिरोलोको मुखको पुरानो लोकोक्ति मिल्नेगरी पार्टीभित्रै शत्रु रहेको संकेत गरेका छन्। पहिलो स्टाटस लेखेको एक घण्टापछि दोस्रो स्टाटस लेखेर सभासद् श्रेष्ठले भनेका छन्, 'बाघको मुख हेर्नु परे बिरालोको मुख हेर्नु शत्रुको मुख हेर्नु परे पार्टीका साथीहरुको मुख हेर्नु भनी उखान बनाउनुपर्ने भो।'


लगत्तै लेखिएको अर्को स्टाटसमा भनिएको छ, 'डाँकाहरु आफूले गरेको अपराध छोप्न अर्कालाई आरोप लगाउँछन्।' हिज्जे र शुद्धाशुद्धी नमिलेको यो स्टाटसमा उनले 'अपराध छोप्न' लेख्‍न खोजेको बुझिन्छ। यो स्टाटसमा श्रेष्ठले मन्त्री सापकोटाले आफ्नो अपराध लुकाउन आफूलाई आरोप लगाएको भन्ने संकेत गरेका छन्। 'कुकुरहरु भुक्दै गर्छन्, हात्ती लम्कदै गर्छन्,' उनको अन्तिम यो स्टाटसले आरोप लगाए पनि आफू वास्ता नगरी अघि बढ्ने सन्देश दिन खोजेका छन्।


सिन्धुपाल्चोक गृहजिल्ला भएका सापकोटा र श्रेष्ठ ताम्सालिङ राज्य समितिमा क्रमशः इन्जार्च र सचिवालय सदस्य छन्। संविधान सभाको निर्वाचनपछि उनीहरुबीच चिसिँदो सम्बन्ध यतिबेला पानी बाराबारको स्थितिमा पुगेको जिल्ला पार्टी स्रोतले बतायो। सापकोटा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठ उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर हुन्। श्रेष्ठ र जिल्ल्लाकै अर्का सभासद् दावा तामाङले जिल्ला पार्टीमा सापकोटा परिवार हावी भएको र एकलौटी गर्न खोजेको आरोप सापकोटामाथि लगाउँदै आएका छन्। सापकोटा पक्षले भने रक्तचन्दन तस्करी गरेको र तातोपानी नाकाका व्यापारीसँग फाइदा लिएको आरोप श्रेष्ठमाथि लगाएको छ। श्रेष्ठले जिल्ला समिति सदस्य रहेका आफ्ना बहिनी ज्वाँइ भीमप्रसाद पराजुलीलाई अघि सारेर रक्तचन्दन तस्करी गरिरहेको सापकोटा पक्षको आरोप छ।


सभासद् श्रेष्ठले भने फरक विचार राखेकै कारण आफूमाथि नियोजित रुपमा सापकोटाले आरोप लगाएको बताए। 'विचारमा हारेपछि बौलठ्ठीपूर्ण र कायरतापूर्वक षड्यन्त्र गरिएको हो,' उनले नागरिकसँग भने। ज्वाइलाई अघि सारेर चन्दन तस्करी गर्नु हुन्छ रे'नि? भन्ने प्रश्नमा श्रेष्ठले भने, 'उनी मेरो ज्वाइ र कार्यकर्ता दुवै हो। उसले के गर्छ मलाई थाहा हुने कुरा भएन।' कार्वाही हुने डरले विषय अन्तर गर्न श्रेष्ठले उजुरी हालेका सापकोटा पक्षका नेता कार्यकर्ताको तर्क छ। 'पार्टी केन्द्रले गम्भिरतापूर्वक छानबिन गरे को दुधको पानी भनेर तत्काल छुट्टिन्छ,' सापकोटा पक्षका एक जिल्ला सदस्यले दाबी गरे।


शेर्पिनीको बस्ति

सुन्दर पर्यटकीय गाउँ हेलम्बु ।
तस्विरः ध्रुव दंगाल

पण्डित दीनबन्धुलाइ सेक्स अफर

पण्डित दीनबन्धु पोखरेल । जसको नामैमा सम्पूर्ण परिचय लुकेको छ । चर्चित पण्डित नारायण पोखरेलका पुत्र उनको आफ्नै उपाधि छ 'बाचन प्रविण' । अंग्रेजी साहित्यमा स्नातकोत्तर सकेका सांगितक प्रवचनमा नयाँ शैली र शिल्पको प्रयोग गर्दै हिन्दुधर्म दर्शनलाई समाज विकासमा जोडेर परिवर्तनको अभियानमा होमिएका अभियन्ता । पूर्वीय दर्शनलाई नयाँ ढंगले समाज रुपान्तरणमा लगाउनु पर्छ भन्ने पण्डितलॆ प्रेम विवाह र यौनलाई कसरी हेरेका होलान् सदरमुकाम चौतारालाई शैक्षिक नगरी बनाउन आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा पूराण बाच्न आएका उनलाई हाम्रो भेटमा यही प्रश्न सोधियो । पण्डितजी प्रेम विवाह र यौनलाई कसरी हेर्नु भएको छ एकाविहानै मानवीय यौन व्यवहारबारे बताउनु पर्दा केही अकमकाएका पण्डितबाट अब सुरु भयॊ प्रेम प्रवचन ।

दसैं खर्चका लागि वृद्ध दम्पती मार्ने युवकद्वय सार्वजनिक

'दसैं खर्च जुटाउन' घटस्थापनाका दिन भएको सुनखानी–२ का वृद्ध तामाङ दम्पतीको हत्या प्रकरणका दुई अभियुक्तलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्न गाउँकै युवकद्धय १७ वर्षीय हिरालाल तामाङ र १८ वर्षीय कारसाङ तामाङलाई सार्वजनिक गरिएको हो।