Thursday, December 22, 2011

छोरी मारेको अभियोगमा आमा पक्राउ

 सिन्धुपाल्चोक, पुस ७- पाँच महिने छोरीको हत्या गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन्। साँगाचोक-८ की १८ वर्षीया गोमती गिरीलाई शिशु हत्या गरेको आरोपमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
प्रहरीका अनुसार गिरीले बुधबार राति सात वजेतिर आफ्नै घरको कोठामा शिशुको हत्या गरेकी हुन्। परिवारको जानकारीपछि प्रहरी टोली उनलाई पक्रन बिहान गिरी निवास पुगेको थियो। शिशुको शव उनैलाई बोक्न लगाएर प्रहरीले गिरीलाई सदरमुकाम चौतारा ल्याएको थियो। पोष्टमार्टमका लागि शिशुको शव चौतारा अस्पतालमा राखिएको छ।

'रुमालले मुख छोपेर त्यसमाथि दुईवटा सिरकले थिचिदिएपछि बच्ची मरी,' अभियूक्त गिरीको भनाइ उद्धृत गर्दै इन्स्पेक्टर सुजन राजभण्डारीले नागरिकन्यूजलाई बताए। घटनाको विषयमा विस्तृत अनुसन्धान गर्न बाँकी नै रहेको उनले जानकारी दिए।
www.nagariknews.com

No comments:

Post a Comment