Thursday, December 15, 2011

क्षमता सात कैदीबन्दी ७१ ! महिला भवनमा उनीहरु नै बस्न पाउँदैनन्

सिन्धुपाल्चोक जिल्ला कारागारको दुर्दशा चौतारा मंसिर २९
सात जना क्षमताको कारागार भवनमा कति जना कैदीबन्दी राखिएलान्  साँघुरै गरी भएपनि १० देखि १५ जनासम्म राख्नु नेपालमा त्यति नौलो होइन । तर क्षमता भन्दाबढी कैदीवन्दी राख्नाले चितवन कारागारमा आपसमा आक्रमण भएको प्रतिवेदन सार्वजनिक भइरहेका बेला सातजना क्षमताको सिन्धुपाल्चोक जिल्ला कारागारमा ७१ कैदीबन्दी राखिएका छन् । 
कारागारमा बन्दी थपिने क्रम अझै जारी छ । आइतबार एक र सोमबार मात्र दुईजना थुनुवा बन्दी बनेर यही भवनमा छिरेका छन् । चितवन काण्डपछि सम्भावित घटनाले कारागार प्रशासनलाई चिन्ता थपेको छ । चितवन कारागारमा कैदीबन्दी आक्रमण घटनाले झस्काउन थालेको छ, यो घटनाको प्रतिवेदन साचार माध्यमबाट सार्वजनिक भएपछि चिन्तित निमित्त जेलर रमेश घिमिरेले भने ।  ठेकेदारले भवन निर्माणमा ढिलाएपछि कोचेर राख्नुको विकल्प नभएको उनले बताए । चार वर्षदेखि कारागार भवन निर्माणाधिन छ । एक वर्षमा सक्नुपर्ने भवन अझै सकिएको छैन । यो वर्ष पनि सकिने छाँटकाँट देखिदैन । सात जना क्षमताको महिला भवन तयार भएपछि शताब्दी पुरानो कारागार भत्काएर गत वर्ष कैदीबन्दी सारिएको थियो । यो भवन नै दुई वर्ष ढिलो गरी बनेको थियो ।
छुट्टाछुट्टै राख्ने व्यवस्था नभएकाले महिला भवनमा उनीहरुलाई नै रािखंदैन । भवन सर्दा रहेका दुई महिलालाई अन्यत्रै स्थानान्तरण गरिएको थियो । कैद तोकिएका वा पूर्पक्षका लागि थुनामा राख्न आदेश भएका महिलालाई अन्यत्रै स्थानान्तरण गिरंदै आएको घिमिरेले बताए । 
भवनका नौमध्ये एकमा पुस्तकालय र अर्कोमा कैदीबन्दीको ढाका बुनाइ तान छ । बाँकी सात कोठामा १० जनासम्म कैदीबन्दी कष्टकर  जीवन विताइ रहेका छन् । खान बस्न र सुत्न एकदमै सकस छ । सुधारगृह बन्नुपर्ने कारागार यातनागृह जस्तै छ, कैदीबन्दीका नाइके टोपीलाल श्रेष्ठले भने । उनले कारागार भित्रको वातावरण कोलाहालपूर्ण रहेको जानकारी दिए । 
सहरी भवन डिभिजन कार्यालय काभ्रेको रेखदेखमा २ करोड ३५ लाख रुपैयाँ लागतमा भवन बनिरहेको छ । ठेकेदार कम्पनी सुनौला खिम्ति बन्दना भगवतीसहितको जोइन्ट भेन्चर निर्माणमा संलग्न छ । भवन डिभिजनले निर्माणमा ढिलाइ भइरहेको स्वीकारे पनि यसको दोष कारागार र प्रशासनलाई लगाएको छ । समयमै ठाउँ खाली नगर्दिएकाले निर्माण ढिलाइ भएको उसको ठेकेदार र भवन डिभिजनको दाबी छ । क्षमताको १० गुणाबढी कैदीबन्दी राखिएकाले आन्तरिक सुरक्षा व्यवस्था मिलाउन हम्मे परिरहेको निमित्त जेलर घिमिरेले बताए । अन्यत्र स्थानान्तरणको लागि पटक-पटक आग्रह गरेपनि कारागार व्यवस्थापन विभागले नसुनेको उनले गुनासो गरे । डेढ महिनाअघि मात्र १० जना कैदी अन्यत्र स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गर्ने आग्रह सुनिएन, उनले भने । 
कारागारमा एकै कर्मचारी छैनन् यति धेरै कैदीबन्दीको भरणपोषण आन्तरिक सुरक्षा र दैनिक प्रशासनिक काम गुर्नपर्ने जिल्ला कारागारमा एकजना पनि कर्मचारी छैनन् । जेलर खरिदार सहायक लेखापाल र जुनियर अहेब गरी चार कर्मचारी दरबन्दी रहेपनि सबै खाली छ । जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटका नायब सुब्बा घिमिरेलाई निमित्त जेलरको जिम्मेवारी दिएर पठाइएको हो । दुई वर्षदेखि घिमिरेले प्रशासनको आफ्नो साविक जिम्मेवारीसहित कारागार हेर्दै बताए ।
 

No comments:

Post a Comment