Sunday, December 18, 2011

शेर्पा स्वात्त प्रदेश नभए बन्दुक बोक्ने चेतावनी

शेर्पा भेलामा स्याब्रु नाच प्रस्तुत गर्दै कलाकार । तस्बिर : मेरो चौतारा
प्रथम शेर्पा भेला 
तातोपानी पुस २-शेर्पा नेताहरुले शेर्पा स्वायत्त प्रदेश नबनाइए हतियार उठाउने चेतावनी दिएका छन् । जातिय पहिचान सहितको प्रदेश माग गर्दै उनीहरुले शेर्पा समुदायलाई पोष्टरमा मात्र सिमित हुन नदिने दृढता व्यक्त गरे । कार्यक्रममा बोल्ने राजनीतिक दलसम्वद्ध शेर्पा नेताहरुले जातीय पहिचानका लागि स्वायत्त प्रदेशको खाँचो औल्याउँदै शेर्पा हक हितका लागि कसैको ह्वीप नमान्ने र पार्टी त्याग्ने घोषणासमेत गरे ।

शेर्पा समुदायको साझा संगठन नेपाल शेर्पा संघका अध्यक्ष पेमाछिरी शेर्पाले शेर्पा स्वायत्त प्रदेश नभए बन्दुक उठाउन पछि नपर्ने चेतावनी दिए । 'जातीय आधारमा संघ विभाजन नभए निश्चित रुपमा मुलकु द्वन्द्वमा जान्छ'- उनले भने । आफ्ना हक अधिकार रक्षाका लागि पार्टी विचारलाई मात्र अघि बढाउने समय नरहेको धारणा राखे ।
कांग्रेस नेता एवम् सभासद् जिपछिरिङ लामाले जातीय पहिचानसहितको संघीयता नस्वीकारिए पार्टीको लोगो टाँसेर नबस्ने घोषणा गरे । 'भनेको जस्तो संविधान नआए र संघ विभाजन नभए पार्टीको ह्वीप मानिदैँन । पार्टी छोडेर जनताको बीचमा गइन्छ ।' एमाले निकट लोकतान्त्रिक शेर्पा समाजका अध्यक्ष पाशाङ शेर्पाले जातीय पहिचानका लागि स्वायत्त प्रदेश आफूहरुको एकमात्र शर्त रहेको बताए ।
सभासद् समेत रहेका उनले राज्य पुनःसंरचना आयोगले स्वायत्त शेर्पा प्रदेशको मागलाई सम्बोधन नगरी प्रतिवेदन ल्याए च्यातेर फाल्ने चेतावनी दिए । 'उपराष्ट्रपतिको जाति भाषा र भेषभुषाको अडान छताछुल्ल भएको छु', उनको टिप्पणी थियो । कांग्रेस सम्वद्ध शेर्पा संघका बरिष्ठ उपाध्यक्ष लाक्पा ठिलेन शेर्पाले शेर्पा समुदायलाई तेस्रो दर्जाको नागरिकको रुपमा हेिरंदै आएकाले अब सहन नसक्ने बताए ।
माओवादीको शेर्पा राष्ट्रिय मुक्ती मोर्चाका अध्यक्ष फूर्वाछिरिङ शेर्पाले पार्टी अध्यक्ष पुष्पकमल दाहालले स्वायत्त शेर्पा प्रदेश स्वीकारिसकेको भन्दै शेर्पा समुदाय गर या मरको स्थितिमा उत्रने उल्लेख गरे । आदिबासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले ठूला तीन दलले आदिबासी जनजातिलाई अधिबारबाट विाचत गर्न खोजेको आरोप लगाउँदै जेठ १४ पछि तयारी हातलमा बस्न शेर्पा समुदायलाई आह्वान गरे ।
माओवादी पोलिट्व्यूरो सदस्य नन्दकिशोर पुनः सभासद्हरु दावा तामाङ राजकुमार श्रेष्ठ केशव नेपाल शेर्पा महिला संघकी केन्द्रीय अध्यक्ष निमी शेर्पा लगायतले समृद्ध र स्वतन्त्र मुलकुकको लागि आदिबासी जनजाति र पिछडाबर्गको माग सम्बोधन गर्दै उनीहरुको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
नेपाल शेर्पा संघको आयोजनामा भएको प्रथम शेर्पा भेलामा २४ जिल्लाका शेर्पा समुदायको सहभासिगता थियो ।

No comments:

Post a Comment