Sunday, December 18, 2011

मुलुकको उपराष्ट्रपति भएकाले भाषा र पोशाकको अडान त्यागेको झाको प्रष्टोक्ती

तातोपानी पुस २-
आफू कुनै खास वर्ग िलंग र क्षेत्रको मात्र नभएर मुलुकको उपराष्ट्रपति भएकाले आफूले भाषा र भेषभुषाको पूर्व अडान त्यागेको उपराष्ट्रपति परमानन्द झाले खुलासा गरेका छन् । कानुनलाई मान्नु आफ्नो प्रमुख कर्तव्य भएकाले आफले अडान कायम राख्नु जरुरी नदेखेको उनले स्पष्ट पारे ।
त्यतिबेला अर्कै परिस्थिति रहेकाले आफ्नै भाषा र पोशाकमा सपथ लिएँ । अहिले परिस्थिति बदलिएकाले अडान त्यागे- दौरा सुरुवालमा सजिएका उपराष्ट्रपति झाले शनिबार प्रथम शेर्पा भेलाको उद्घाटन गर्दै भने । उपराष्ट्रपति नियूक्त हुँदा धोतीमा सजिएर हिन्दी भाषामा सपथ आएपछि विवादमा तानिएका झाले नेपाली भाषामा सपथ ग्रहण गरेका थिए ।
उपराष्ट्रपति राजनीतिक नेता होइन । यदि नेता भएको भए सार्वजनिक फोरमबाटै जवाफ दिन्थें- उनले सपथ विवादतर्फ संकेत गर्दै भने । सबै भाषा र भेषभुषालाई मान्यता दिनुपर्नेमा जोड िदंदै उनले राष्ट्रिय पोशाकमा अहिले सहज स्थित बनेको टिप्पणी गरे । दौरा सुरुवाल लगायो वा अडान त्याग्यो भनेर व्यंग नगर्न आग्रह गर्दै उनले भने-यहाँ आउँदा दौरासुरुवाल लगाएँ । आफ्नो क्षेत्रमा जाँदा आफ्नै पोशाक लगाउँछु ।
उपराष्ट्रपति झाले पिछडिएका क्षेत्र वर्ग िलंग र आदिबासी जनजातिको उत्थानका लागि संघीयतासहितको स्वायत्त प्रदेश आवश्यक रहेको बताए । उनले थपे-पहिचानसहितको स्वयत्तता जनताको अधिकार हो । राजनीतिक दल सुतेर बसेको भन्दै उनले जाग्न जनतालाई आग्रह गरे । दल कस्ता छन् भन्ने विगतको समयले देखाइसकेको छ । जतना जाग्नुपर्छ । घच्घचाउनुपर्छ ।
संविधान निर्माणमा जोड िदंदै उनले नबने मुलुकको अस्तित्व नरहने बताए । संविधान बन्न साढे ५ महिना मात्र बाँकी रहेको स्मरण गराउँदै झाले यसबीचमा जनताले आफ्ना माग दाबी गर्नुपर्ने धारणा राखे । नेपाल चारै भारत र चीन बाट स्वायत्त प्रदशेले घेरिएको चर्चा उदाहरण प्रस्तुत गर्दै उनले संविधान निर्माणपछि समावेशी स्वत्तता स्वतः व्यवस्ति हुने धारणा राखे । <br>
शुक्रबार गाडीमा आएका झा नेपाल तरुण दलको नेपाल बन्दका कारण हेलिकप्टरमा फर्किए । स्थानीय फेमेली गेष्ट हाउसमा रात विताएका उनले शनिबार बिहान तातोपानी नाका र मितेरी पुलको अवलोकन गरेका थिए । उनले तातोपानी भन्सार कार्यालयको अवलोकन गर्दै नेपाल-चीन व्यापार राजस्व असुली लगायत विषयमा जानकारी समेत लिएका थिए ।
तीर्थयात्रीलाई सास्ती
उपराष्ट्रपति झाको तातोपानी भ्रमणले नाका भ्रमणमा आएका तीर्थयात्रीले निकै सास्ती खेप्नु पर् यो । स्थानीय १० किलोमा कार्यक्रम भएपनि त्यसको एक किलोमिटर तल लार्चाबाटै सवारी साधन प्रवेश गर्न दिइएन । तातोपानी नुहाउन किनमेल गर्न र घुम्न आएका तीर्थालु ५ किलोमिटर पैदल हिडेर लिपिङ पुग्न बाध्य भए । सवारी साधनको लामो लाम र पैदल हििडंरहेका यात्रुको कारण नाका दिनभर जसो अस्तव्यस्त रह्यो । हरेक शनिबार नाकामा ५ हजारसम्म तीर्थालु आउने गरेका छन् ।


No comments:

Post a Comment