Wednesday, April 11, 2012

सिडिओको सुरक्षागार्डद्वारा गोली प्रहार

ध्रुव दंगाल, सिन्धुपाल्चोक, चैत २९ - प्रमुख जिल्ला अधिकारीको सुरक्षा गार्ड हवल्दार राजाराम खत्री खनालले हिजो राति जथाभावी गोली चलाउँदा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ड्राइभर दिनेश श्रेष्ठ घाइते भएका छन्। रक्सीको सुरमा गोली प्रहार गर्ने खत्रीलाई मध्यरातमा नियन्त्रणमा लिइएको छ।



अरनिको राजमार्ग अन्तर्गत सुकेटेस्थित सुनकोशी रिभरसाइड रिसोर्टमा उनले गोली चलाएका हुन्। गोली प्रहार हुँदा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले, सहायक प्रजिअ गोविन्द सापकोटा, डिएसपी वसन्त लामा र जिल्ला न्यायाधीश अनन्त डुम्रे घटनास्थलमै थिए। नेपाल रेडक्रस सोसाइटीको अधिवेशनमा सहभागी हुन सबैजना यो रिसोर्टमा पुगेका थिए।

डिएसपी लामाका अनुसार राति चालक श्रेष्ठ र हवल्दारा खत्री सँगै रक्सी खाइरहेका थिए। उनीहरुले रुस्लान भोड्का तीन बोतल सकेपछि खत्रीले एक्कासी गोली चलाउन थालेका थिए। पहिलो गोली श्रेष्ठले छले पनि दोस्रो गोली उनको पाखुरामा घुस्यो।

राति एक्कासी गोली चलेपछि निक्कै मेहनतपछिमात्रै हवल्दारलाई नियन्त्रणमा लिन सकिएको लामाले बताए। हवल्दार खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनलाई विभागीय कारबाही हुने लामाले बताए।

घाइते श्रेष्ठलाई राति नै धुलिखेल अस्पतला पुर्‍याइएको छ।

No comments:

Post a Comment