Friday, March 16, 2012

राष्ट्रपति बन्नुस्, सेनाधिपति नै भइन्छ। किन चाहियो जर्नेल ? : नेपाल

ध्रुव दंगाल
प्रतिनिधि परिषद् बैठकको शुक्रबार उद्घाटन गर्दै नेता  नेपाल 





चौतारा, चैत ३-
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी नेपाली सेनामा ठूलो पद लिएर सत्ता कब्जा गर्ने  
षडयन्त्रमा लागेको दाबी गरेका छन्। माओवादीले सबै आफ्नो अनुकूल मात्र गरिरहेकाले शान्ति प्रक्रिया लम्बिएको पनि उनले बताए।  
एमाले सिन्धुपाल्चोकको दोस्रो प्रतिनिधि परिषद् बैठकको शुक्रबार उद्घाटन गर्दै नेता माधवकुमार नेपाल ।तस्बिर  मेरो चौतारा
'सेना राजनीतिक मान्छे भर्ती गर्ने ठाउँ होइन। यसको आफ्नै मापदण्ड छ। माग्दैमा पद पाइँदैन'- एमाले सिन्धुपाल्चोकको दोस्रो प्रतिनिधि परिषद् बैठक उद्‍घाटन गर्न शुक्रबार यहाँ आएका उनले पत्रकार भेटघाटमा भने। शान्ति प्रक्रिया र सेना समायोजनमा सात बुँदेबाट कत्ति पनि दायाँ–वायाँ गर्न नसकिने पनि उनले प्रष्ट्याए।


सेना समायोजनको हलो माओवादीले अड्काएको आरोप लगाउँदै पूर्व प्रधान मन्त्री रहेका नेपालले भने- पदको अत्तो थाप्ने माओवादीको 'हिडन' (लुकेको) कुरा बुझ्न सकिएन। 'एकातिर विद्रोह र सत्ता कब्जाको कुरा गर्छ। कहिले क्रान्ति अधुरो भनिरहेको छ। माओवादी सेनाभित्र गडबडी गर्न चाहिरहेको छ'- उनको भनाई छ।

उनले माओवादीलाई कुनै हालतमा जर्नेल दिन नसकिने अडान दोहोर्‍याए। 'राष्ट्रपतिमा आँखा गाड्नुभएको छ। राष्ट्रपति बन्नुस् न। सेनाधिपति नै भइहाल्नुहुन्छ नि। किन चाहियो जर्नेल ? किने जर्नेलमा मात्र आँखा गाडेको ?' उनले माओवादी नेतृत्वलाई प्रश्न गरे। महानिर्देशनालयमा माओवादी लडाकुको प्रतिनिधित्वसमेत रहन नसक्ने उनले बताए।

सरकारको औचित्य सकिइसकेको भन्दै उनले काम गर्न नसक्ने सत्तामा बसिरहनु सान्दर्भिक नहुने धारणा राखे। सेना समायोजन छिटो नटुङ्गिए जेठ १४ मा संविधान नआउने बताउँदै उनले थपे- पहिले शान्ति अनि शान्तिपूर्ण वातावरणमा मात्र संविधान।
www.nagariknews.com

No comments:

Post a Comment