Saturday, October 15, 2016

‘आफैं नांगो हुँदा पनि समाचार लेखिरहेँ’

वैशाख १२ को भुइँचालोमा घरभित्र चेपिएर बल्लतल्ल निस्किएका सिन्धुपाल्चोकस्थित नागरिक संवाददाता ध्रुव दंगाल आफैं भुइँचालो पीडित हुन्। उनको घर भत्किएर परिवार पालमुनि आश्रित छन्। आफैं पीडित हुँदा पनि उनले सिन्धुपाल्चोक क्षेत्रका समाचार लगातार लेखिरहे। र, लेखिरहेका छन्। भुइँचालोजस्तो राष्ट्रिय विपत बेला फिल्डमा खटिएका नागरिक संवाददाता दंगालसँग सेतोपाटीले लिएको अन्तर्वार्ता :

बाको क्यासेटमा पानको पात...

 दसैँ स्मृति  
ध्रुव दङ्गाल-योसमेत तीन साल भइसकेछ दसैँमा टीका नलगाएको । पूर्खा दाङ जिल्लाबाट बसाईँ सरी आएकाले दङ्गाली भन्दाभन्दै दङ्गाल थर लेख्दै आएका हामी । एउटै बाजेको सन्तान हामी बढ्दै जाँदा अहिले डेढ सय परिवारमा बाँडिएका छौं । ठूलो परिवार भएकाले सुतक पर्दा होस् या जूठो, चाडबाड बिथोलिइहाल्छ । यो साल ठूलीआमा र ठूलोबाको जूठो बारिरहका छौँ । खानपिन चले पनि टीकाटाला चलेन । दसैँको रौनक मान्यजनबाट टीका, जमरा र आर्शिवाद लिनुमा छ । त्यसबाट बञ्जित हुँदा दसैँ खल्लो हुने नै भयो ।

Friday, February 13, 2015

त्यो साउन १७

रिपोर्टरको डायरी 
साउन १७ गते । बिहानको त्यस्तै ४ बजेको हुँदो हो । सँधै ‘भाइब्रेसन मोड’ रहने मेरो मोबाइल टेबुलमा धस्रिन थालेपछि ब्यूझिएँ । मित्र राजेन्द्र शर्माको फोन रहेछ । ‘लौ बर्बाद हो । जुरे पहिरो खसेर सुनकोसी थुन्यो रे ! अरनिको राजमार्गमा मान्छेहरुको भागदौड छ । पुलिस भाग्न माइकिङ गर्दै छ । म भागेर दोलालघाट आइपुगेँ,’ हेल्लो भन्न नपाउँदै उनले स्वर कमाएर भने । सुकुटेमा रात बिताएका उनले फुत्त फोन राखे, धेरै बुझ्न पाइएन ।

Saturday, August 31, 2013

War children find new home at schools



 


DHRUBA DANGAL
JIRI (Dolakha), Aug 31:Whenever anyone asks him about his father, 12-year-old Sudip Shrestha promptly replies that he was a ´comrade´ or ´great martyr´. The minor child does not know the proper meaning of these terms, but he knows one thing for sure: his father is no more in this world.

The unexpected death of his father was a tragic turn in his life. Suman Shrestha, a Maoist combatant, died in battle during the decade-long insurgency. Soon after the death of his father, Sudip´s mother abandoned him to his fate and married another man.

शक्ति समूह : संघर्षदेखि म्यागासेसेसम्म

ध्रुव दंगाल
सिन्धुपाल्चोक, साउन ९
‘तिमीहरु बेचिएर फर्केका । एनजिओ चलाउन सक्छौं भन्ने हिम्मत कहाँबाट आयो ? एनजिओ चलाउन त पूँजी चाहिन्छ । बेचिएकालाई कसले पत्याउँछ, खै पैसो ? पढेका पनि छैनौं, तिमीहरुले काम गर्न सक्दैनौ । संस्था दर्ता हुँदैन, त्यसैले गए हुन्छ ।’
बुधबार शक्ति समूहकी संस्थापक सदस्य चरीमाया तामाङको दिमागमा १६ वर्षअघि संस्था दर्ता गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालय पुग्दा त्यहाँका अधिकारीले भनेका तिखा बचन फिल्मका ‘रिल’ झैं फनफनी घुमे । सरकारले समेत नपत्याएको यही संस्था शक्ति समूहले एशियाको नोवेल पुरस्कार मानिने म्यागासेसे अवार्ड पाउने घोषणा भएको छ ।

Tuesday, July 9, 2013

फरासिला मेमे र इबी

अधिकांश समय हिउँले ढाक्ने क्षेत्र । एकै छिनमा आकाश छ्यांग खुल्छ, एकै छिनमा उघ्रन्छ । कात्तिक÷मंसिरको घमाइलो दिन । चारैतिर हरियाली । माथि–माथि हिउँले खाएका पहाड । पहाडको काखमा झुम्म बस्ती । गाउँले परिवेश कायम राख्दै आकर्षक शैलीमा बनेका घर । ध्वजापतकाले रंगिएका घरका छाना र आँगन । पसिनामा रुझ्दै हिंडिरहेका पदयात्री । जति माथि उक्लियो, त्यति चिसो, उति नै रमाइलो बातावरण, उकाली ओराली हिंड्डाको थकान बिर्साउने ।

Tuesday, July 2, 2013

ओखरेनी लुटियो


चौतारा–जिल्लाबाट प्रकाशित हुँदै आएको ओखरेनी साप्ताहिक कांग्रेस कार्यकर्ताद्धारा लुटिएको छ । मंगलबार प्रकाशित भएपछि वितरणका लागि बाह्रविसे पु¥याइएको पत्रिका साँझ नेविसंघका पूर्वजिल्ला सचिव युधिर पौडेल र तरुण दल क्षेत्रीय सदस्य बने भन्ने बालकृष्ण बस्नेतले लुटेका हुन् । 

Saturday, June 29, 2013

समृद्ध बनाउन आठ बुँदे प्रतिबद्धता जाहेर गर्दै सिन्धुपाल्चोक महोत्सव सकियो

दस्तावेज–२०६८ मंसिर

2011-11-23 07:46:09 | ध्रुव दंगाल

 समृद्ध सिन्धुपाल्चोकको लागि आठ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै बुधबार सिन्धुपाल्चोक महोत्सव सकिएको छ। आपसबीचको सहअस्तित्व स्वीकार गरी जिल्लाको विकासका लागि सहमती, सहकार्य र एकता कायम राख्ने सामूहिक उद्‍घोष गर्दै यहाँ क्रियाशिल आठ राजनीतिक दलको तर्फबाट प्रतिबद्धतापत्र जारी भएको हो।
सबै पक्षलाई क्रियाशिल बनाइ विकासको मार्गमा अघि बढ्न 'सिन्धु-विकास अभियान' नामक साझा मञ्च गठन गरिएको छ। हाललाई यसको संयोजन गर्ने जिम्मेवारी नेपाल सरकारका पूर्वसचिव पुण्यप्रसाद न्यौपानेलाई दिइएको छ। भौतिक तथा मानव विकास रणनीतिको निर्माणमा सघाउन विकासका साझा अवधारणा कार्यान्वयन गर्ने र सो क्रममा देखापरेका चुनौती संयुक्तरुपमा समाधान गर्ने, दलीय सहअस्तित्वलाई स्वीकार्दै स्वस्थ्य प्रतिस्पर्धाको बातावरण बनाउने, जिल्लावासीको सर्वोत्तम हित निम्ति दलबीचको मतभेदलाई साँघुरो बनाउँदै विकासका मुद्दाहरु सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ।

Wednesday, June 26, 2013

भर्जिन भैरवकुण्ड

जुगल हिमाल
पदयात्रा-
कात्तिकको घमाइलो दिनमा घुम्नुको मज्जा बेग्लै । यस पटक गन्तव्य थियो भैरवकुण्ड । अरनिको राजमार्गको आठ किलो हुँदै भोटेकोसी नदी तरेपछि इको बज्र रिसोर्टका सञ्चालक रामकाजी पौडेल र हल्याण्डका टे«किङ व्यवसायी मार्टिन ओल्थोफ् भेटिए । आठ जनाको समूह आपसमा चिनचानपछि गन्तव्य समात्यौं । 
समूहमा अगाडि रहेर पछाडि क्यामेरा सोझ्याउनु र बाटोमा दृश्य भेटेपछि आहा ! भनेर चिच्याउनुको सान बेल्लै । शरिरको पछाडि झोला, गर्धनमा क्यामरा र हातमा लौरो बोकेर म सबैभन्दा अघि लागेँ । बारीभरि झुलेका कोदो बाला, पहेँलपुर सयपत्री र मखमली । लिस्ति गाविसको बेँसी फाँटलाई दाहिने बनाएर उकालो चढ्दा सबैले चंगा महसुस गरिरहेका छन् । दिउँसो गुम्बा गाउँ नजिक पुगेर बस्ती छोड्दै जंगलको बाटो रोज्यौं । पदयात्रामा दृश्यपान गर्नुको रमाइलो अर्कै हुन्छ ।

Tuesday, June 25, 2013

बस भिरबाट खसाल्ने चालकको लाइसेन्स नै नक्कली

थाङपालकोट बस दुर्घटना-
सिन्धुपाल्चोक-१४ जना गाउँले ज्यान जाने गरी बस सल्लेभिरबाट खसालेर भागेका चालक माइला तामाङले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बनाएर गाडी चलाउँदै आएको खुलेको छ । पक्राउपछि हिरासतमा राखेर गरिएको दुई साता लामो अनुसन्धानपछि यो तथ्य खुलेको हो । 

Saturday, June 16, 2012

गाउँमै सरकारी सेवा पाउँदा गाउँले दंग

महांकाल (सिन्धुपाल्चोक), असार २- महांकाल-१ की पार्वती लामिछानेले ७६ वर्षको उमेरमा नागरिकता बनाइन्। प्रमुख जिल्ला अधिकारी दूर्गाप्रसाद पोखरेलले उनको घरमै आएर हातमा नागरिकता थमाइदिदाँ लामिछाने खुशीले गद्गद् भइन्। 'उमेर छँदा नागरिकता लिनुपर्छ भन्ने हेक्का भएन। बुढ्यौलीले छोएपछि सदरमुकाम जान सकिएन,' लामिछानेले भनिन्, 'यसरी टोली गाउँ आइदिएको भए पहिल्यै बनाइन्थ्यो। बुढेशकालमा भत्ता पाइन्थ्यो।' लामिछानेका ६ छोराछोरी र नौ नातानातिना छन्। नागरिकता लिएकै दिन उनले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम लेखाइन्। भनिन्, 'अब वृद्ध भत्ताका लागि सचिव भेटेर नाम लेखाउँछु।'

आचारमुलक चार सिद्धान्तको कसीमा पत्रकारको अधिकार र उत्तरदायित्व

लेखक : ध्रुव दंगाल
पत्रकारिताको मूलमर्म सार्वजनिक सेवा नै हो । यसले मुख्यतः सार्वजनिक अभिरुचीलाई सर्वोपरी मान्नुपर्छ । मुख्यतयाः सत्य, निष्पक्ष र सन्तुलन (एबीसी) लाई मूल आधार मानेर समाजको सर्वोपरी हितमा समाचारका विषय बनाउनु नै पत्रकारको मुख्य दायित्व हो । यसमा पत्रकारको आचार संहिता (कोड अफ कन्डक्ट) र नैतिक पाटो पनि जोडिएको हुन्छ । जसले समाजप्रतिको दायित्वलाई निर्देशित गर्ने कोसिस गर्छ । सन् १९५०–६० को दशकपछि सुरु भएको आधुनिक पत्रकारितालाई हेर्ने हो भने अहिलेको पत्रकारिता समाज केन्द्रीत छ । अर्थात, समाजले जे माग्छ त्यो नै समाचारका विषय बन्ने गर्छ । हामी प्रायः त्यतातिरै कुदिरहेका छौं । मिडिया समाजबाट टाढा जान सक्ने अवस्था छैन । परम्परागत पत्रकारिताको अभ्यासमा मिडियाले बनाएको अन्तरबस्तु (कन्टेन्ट) सबै अडियन्स ( दर्शक, स्रोता, पाठक) ले पत्याउ‘थे ।

Thursday, June 14, 2012

ढिस्कोमा पुरिएर ३ बालबालिका हराए, तीनको उद्दार

सिन्धुपाल्चोक, असार १- जिल्लाको भोटेचौर-२ पौडलेथोकमा आज बिहान बाख्रा चराउन गएका स्थानीय तीन बालबालिकालाई ढिस्कोले पुरेको छ। ढिस्कोले पुरिएर हराइरहेकाहरुको खोजी कार्य भइरहेको छ। अरु तीन बालबालिकालाई भने गाउँलेले सकुशल उद्दार गरेका छन्। स्थानीयका अनुसार ढिस्कोमा हराइरहेकाहरुमा १३ वर्षीय रवि कार्की, १४ वर्षीया सिर्जना खत्री र नौ वर्षीया समिक्षा कार्की छन्।

Sunday, May 20, 2012


 प्रेस स्वतन्त्रता जिन्दावाद : आदिवासी जनजातिको बन्दको क्रममा मिडिया र पत्रकारमाथि भएको आक्रमणको विरोधमा पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको नेतृत्वमा सोमबार चौतारामा निक्लिएको जुलुस ।
तस्बिर : मेरो चौतारा










Sunday, April 22, 2012

बस दुर्घटनामा आमाको मुख हेरेर फर्कंदै गरेका २० जना घाइते

सिन्धुपाल्चोक, वैशाख १०- बस दुर्घटना हुँदा आमाको मुख हेरेर फर्कंदै गरेका २० यात्रु घाइते भएका छन्। मानेश्वाँराको एक्लेबेसीमा भएको उक्त दुर्घटनामा दुई जनाको अवस्था भने चिन्ताजनक छ। घाइतेमध्ये घुम्थाङ–४ की ८१  वर्षीया गङ्गा श्रेष्ठ र पेड्कु–४ की ३० वर्षीया पवित्र गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Thursday, April 19, 2012

दलालको उक्साहटमा विदशिँदै महिला


ध्रुव दंगाल, सिन्धुपाल्चोक, वैशाख ८- हातमा एमआरपी फारम बोकेर सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको कार्यकक्षमा छिरेकी गुम्बाकी २८ वर्षीया रूपरानी तामाङ थचक्क टि-टेबुलमा बसिन्। सापकोटाले सोफामा बस्न गरेको आग्रह उनले बुझिनन्। विदेश जाने सुरमा रहेकी उनलाई बुझाउन स्वेदेशमै दोभोसे चाहियो। 

Monday, April 16, 2012

माझी-दनुवार बालबालिकालाई स्कुल टिकाउन गाह्रो


तस्बिर : पढाई छाडेर पुनः विद्यालय भर्ना भएका भीमटारका माझी दनुवार बालबालिका सोमबार अविर र मालाद्धारा स्वागतपछि ।
ध्रुव दंगाल, भीमटार (सिन्धुपाल्चोक), वैशाख ५- स्थानीय भीमेश्वरी माविको कक्षा ४ पढ्दा-पढ्दै बीचमै छाडेकी सविना दनुवार (१५) फेरि विद्यालय फर्केकी छन्। कक्षा ५ मा भर्ना भएकी उनलाई सोमबार शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले अबिर र माला लगाएर विद्यालयमा स्वागत गरे। 

Wednesday, April 11, 2012

सिडिओको सुरक्षागार्डद्वारा गोली प्रहार

ध्रुव दंगाल, सिन्धुपाल्चोक, चैत २९ - प्रमुख जिल्ला अधिकारीको सुरक्षा गार्ड हवल्दार राजाराम खत्री खनालले हिजो राति जथाभावी गोली चलाउँदा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ड्राइभर दिनेश श्रेष्ठ घाइते भएका छन्। रक्सीको सुरमा गोली प्रहार गर्ने खत्रीलाई मध्यरातमा नियन्त्रणमा लिइएको छ।

Thursday, April 5, 2012

चट्याङले ३५ बढी बेहोस, रातभर रुवाबासी

चौतारा, चैत २४- मध्य सिन्धुपाल्चोकको फूल्पिङकोट-५ भण्डारी टोलमा गएराति हावाहुरी र झरीसँगै चट्याङ पर्दा स्थानीय ३५ भन्दा बढी गाउँले बेहोस भएका छन्। उनीहरुलाई स्वास्थ्य संस्थामा लैजाने र उपचारपछि घर फर्कने क्रम शुक्रबार बिहानसम्म  चलिरहेको छ। उपचारपछि १५ जना होसमा आएका छन्। कतै चोटपटक
नलागेपनि केहीको हातखुट्टा नचलेको स्थानीय ढकबहादुर भण्डारीले बताए।

Thursday, March 29, 2012

नागरिककर्मी दङ्गाललाई पुरस्कार

सिन्धुपाल्चोक, चैत १६– नागरिक दैनिकका सिन्धुपाल्चोक सहकर्मी ध्रुव दङ्गाल नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाद्वारा सम्मानित हुने भएका छन्। महासङ्घको ५७ औं स्थापना दिवसको अवसरमा बिहीबार बसेको कार्यसमिति बैठकले
दङ्गालसहित चार पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको हो।