रिपोर्टरको डायरी
साउन १७ गते । बिहानको त्यस्तै ४ बजेको हुँदो हो । सँधै ‘भाइब्रेसन मोड’ रहने मेरो मोबाइल टेबुलमा धस्रिन थालेपछि ब्यूझिएँ । मित्र राजेन्द्र शर्माको फोन रहेछ । ‘लौ बर्बाद हो । जुरे पहिरो खसेर सुनकोसी थुन्यो रे ! अरनिको राजमार्गमा मान्छेहरुको भागदौड छ । पुलिस भाग्न माइकिङ गर्दै छ । म भागेर दोलालघाट आइपुगेँ,’ हेल्लो भन्न नपाउँदै उनले स्वर कमाएर भने । सुकुटेमा रात बिताएका उनले फुत्त फोन राखे, धेरै बुझ्न पाइएन ।
बिलम्ब नगरी इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर जयश्वर रिमाललाई मोबाइल दबाएँ । नबन्दै फोन लाग्यो । ‘सुनकोसी थुनिएको हल्ला छ । कुरो के हो ?’ औपचारिक भूमिका नबाँधी मैले सोँधे । राम्चे र मांखा गाविसको सीमा जुरे छेउबाट खसेको पहिरोले सुनकोसी थुनेको सत्य भएको उनले बताए । ‘सुनकोसी उल्टो बहेर बाह्रविसे तिर आउँदै छ । तल जाने स्थित छैन । अहिलेलाई कुरो यत्ति हो,’ उनले भने ।
जुरेबाट वर्सेनी पहिरो जाने मलाइ पनि थाहा थिए । राजमार्ग अवरोध गरिरहने जुरे पहिरोले सुनकोसी नै थुनेको विश्वास लाग्न कठिन नै भयो । प्रहरी प्रमुख डिएसपी भरतबहादुर बोहरालाई फोन गरेर घटना पुष्टि गर्ने उपाय सुज्यो । घटनाको जानकारी पछि उनी त्यस तर्फ अघि बढिसकेका रहेछन् । ‘म बन्देउमा रोकिएको छु । थुनिएको सुनकोसी फुट्न सक्ने भन्दै अघि नबढ्न इन्स्पेक्टर रिमाल भनिरहेका छन्,’ उनले सुनाए ।
नागरिकन्यूजका सहकर्मी मदन चौधरीलाई फोन गरेँ । उनी घरमा सुतिरहेका रहेछन् । उनले घटना विवरण टिपे, र घरैबाट समाचार ब्रेक गरे । समाचार पोष्ट गर्ने वित्तिकै उनले फेरि फोन गरेर भने, ‘कुनै पनि अनलाइनमा यस सम्वन्धी समाचार छैन ।’ उनले विश्वास नगरेको जस्तो लाग्यो । त्यतिञ्जेल बस्ति नै बगेको र मानवीय हताहति समेत भएको केही अपडेट आइसकेको थियो । उनी समाचार मिलाउन थाले, म घटनास्थलतिर लाग्ने तयारीमा ।
मोबाइल फोन चार्ज सकिनै लागेको थियो, अर्को राति नै अफ भइसकेको रहेछ । केही सोच्ने अवस्था थिएन । क्यामेरा भिरेँ, सिडिएमए हातेसेट बोकेर बाहिर निस्किएँ । ‘ध्रुवजी जाने होइन घटनास्थल ?’ ढुंगा खोज्दा देउता मिले जस्तै भयो । मित्र सहदेव पुरीको बाइक पछाडि बसेर अघि बढेँ । अनलाइनमा न्यूज ब्रेक भएकाले सबैतिर हल्लिखल्लि मच्चिसकेछ । रेडियोवालाहरुको फोन लगातार आउन थाल्यो, पत्रकार, आफन्त, चिजजानका साथीको फोनले मोबाइल उठाउन भ्याइ–नभ्याइ । आफूलाई ब्याट्री टिकाउने ‘टेन्सन’ ।
कतिको फोन काट्दै, कतिपयको नउठाउँदै अघि बढ्दा चन्द्रशेखर कार्की दाईको फोन आयो । ‘फोटो भने जस्तो चाहियो । सुनकोसी थुनिएकै चाहियो । पहिरो खसेकै चाहियो । राम्रा फोटो खिच, कुनै हालतमा,’ फोटो सम्पादकको आफ्नै चिन्ता । लगत्तै जिल्ला व्यूरो छत्र कार्की सरको फोन आयो । म अघि बढिरहेको बताएँ । ‘यस्तो न्यूज चाहियो कि त्यसमा फिक्चर चाहियो,’ उहाँको अर्कै चिन्ता ।
काभ्रे–सिन्धुपाल्चोकको सीमा बन्देउ पुग्दा भागदौड देखियो । थुनिएको सुनकोसी फुटेर बगाउने डरले सवारी साधनसहित मान्छेहरु भागिरहेका थिए । पाँचखालमै सवारी साधन यता आउन रोकिसकिएको रहेछ । बन्देउ चेक प्वाइन्टबाट प्रहरी अघि बढ्न रोक्दै भने, ‘कतिखेर सुनकोसी फुट्छ पत्तो छैन, फर्कनुस् ।’ ‘हिड्दा हिँड्दै सुनकोसी फुट्यो भने......!’ मनमनै डर लागिरहेको छ । फेरि डिएसपी बोहरालाई फोन गरेँ । घटनास्थल पुगिसकेका उनले जोखिम मोल्न तयार हुने हो भने आउन भने । ‘ध्रुव फोटो चाँही भन्या जस्तो है,’ चन्द्रशेखर दाइको फोन आएकोआयेइ छ । छत्रसर भनिरहनु भएको छ, ‘सतर्कता अपनाउनु । जोखिम मोल्नु पर्दैन । ज्यानै छैन भने.....।’
अनिर्णयको बन्दी बनियो । मित्र सहदेव प्रहरीका सई हुन् । उनलाई उक्साएँ । हिम्मत बटुलेर अघि बढ्यौं । राजमार्गका घर खाली भइसके छन् । ज्यान जोगाउन स्थानीय सुरक्षितस्थल पुगिसकेका रहेछन् । कहीँ कतै कन्टेनर भ्यानमा सामग्री लोड गरिरहेको भेटियो, केही रुवावासी गर्दै भागिरहेका । त्रासै–त्रासमा खाडीचौर बजार पुगियो । निकै व्यस्त यो बजारको चमक हराइसकेको थियो । बन्द होटल, पसल, सुनसानप्राय ।
अघि बढ्ने आँट आएन । जिरी सडकखण्डतिर मोडियौं र ५ सय मिटर गडेपछि बाइक रोक्यौं । अब के गर्ने ? चन्द्रशेखर दाइको फोटो...... । सुनकोसी जलविद्युत केन्द्र हुँदै पहिरो पारि निस्केर फोटो खिच्ने उपाय सुझ्यो । तौथली खहरे उर्लिरहेको रहेछ, बाइक अघि बढाउने स्थिति रहेन । फर्केर जिरी सडकमा निस्कदा ठूलो भौगदौड मच्चिरहेको रहेछ, थुनिएको सुनकोसी फुट्यो रे, फुट्यो रे । मित्र सहदेवले पत्तासापले बाइक जिरी सडक तिर हाँके । प्रहरी, महिला, केटाकेटी, वृद्धाबृद्ध सबै भागिरहेका । महिला काखे केटाकेटी च्यापेर रुवावासी गर्दै कुदिरहेका । कसैलाई कसैको मतलव छैन, सबैलाई ज्यान जोगाउनु छ ।
केही किलोमिटर कुदेपछि घटनास्थलमा रहेका प्रहरी र साथीभाइलाई फोन गरेँ । हल्ला निराधार रहेको सुनेपछि मन ढुक्क भयो । नौ किलोबाट बाइक ग्रामीण सडक तिर मोडेर अघि बढ्यौं । वर्खाले कच्ची सडकको बेहाल, हिलो, खाल्डाखुल्डी, ज्यान हत्केलामा राखेर अघि बढ्यौं । पहिलो चिन्ता फाटोको छ । पहिरो र सुनिकोसी थुनिएको दृश्य धुमिल देखिन थाल्यो । चिप्लिएर हुँतिदै, कतै ओर्लेर बाइक ठेल्दै अघि बढ्दा घटनास्थल देखियो । स्थानीय भेला भएर त्यता हेरिरहेका । त्यहीँबाट क्यामेरा सोझ्याएँ, लेन्स बदल्दै जोम गर्दै फोटो लिएँ । घटनास्थल पुग्न नसकेपनि काम चल्छ भन्ने लाग्यो । चन्द्रशेखर दाइलाई फोन गर्न भुलिँन । ‘दाइ फोटो खिचें । अरु विकल्प नभए काम चल्छ । सेनाको हलिकप्टर आउ–जाउ गरिरहेको छ । सेनालाई अनुरोध गरेर दाइ आउनु प¥यो । स्थलगतबाट राम्रो फोटो खिच्न सकिन्छ जस्तो लागेन ।’ उहाँले आफू धुलिखेलमा रहेकाले समस्यामा परेको बाध्यता सुनाउनु भयो । ‘सकिन्छ भने प्रयास गर क्यारे,’ उहाँको ध्याउन्न राम्रो फोटोमै छ ।
आखिर रिपोर्टिङ त गर्नै बाँकी छ । घटनास्थल नपुगी फोनमा गरेको रिपोर्टिङ मात्रै पूर्ण हुँदैन । फेरि छत्रसरको भनाइको याद आइरहेको छ, समाचारमा घटनाको फिक्चर ल्याउन प्रयास गर्नु । के गर्ने, के नगर्ने, आपतै प¥यो, केही निर्णय लिन सकिएन । फेरि डिएसपी बोहरालाई फोन गरेँ । उनले पहिरो थुप्रिँदा बनेको बाँध भरिन केही समय लाग्ने बताए । ‘फुटे पनि त्यसपछि फुट्ला,’ उनी भन्दै थिए ।
घटनास्थल पुगेरै छाड्ने निधो गरें । फर्कदा एनजिओकर्मी नानीमैया थापा भेटिइन् । उनी रुदै घर खाली गरेर ट्रकमा सामान राख्दै रहिछन् । पहिरोले बनाएको बाँध भरिन बाँकी रहेको र तत्तकालै नफुट्ने सुरक्षा अधिकारीका भनाइ सुनाउँदै उनलाई सामान सुरक्षित सार्न भ्याइने बताएँ । ‘यात्रो घर र थलो नै छोड्नु परेपछि सामानको के माया !’ उनको रोदन थियो ।
डर लागिरहेको छ, मनमा अनेका कुरा खेल्न छाडेको छैन । यस्तैमा ड्याम पुग्दा घडीले नौ बजाएछ । ड्याममा फेरि सुरक्षाकर्मीले रोके । परिचय दिएपछि अघि बढ्न दिए । तीन सय मिटर मात्र के अघि बढेको थिएँ, रुवावासीको कोलाहल सुनियो । पहिरोमा भेटिएका केही सडकमा राखिएको थियो । आफन्त छाती पिटीपिटी रोइरहेका । मन कटक्क खायो । आफूलाई सम्हालेँ । वनसाँघु मावि पहिरोले उडाएछ । नदी किनारमा उछिट्टिएको विद्यालयको छतमा टेकेर दायाँ–वायाँ के हेरेको मात्र थिएँ, हेरिनसक्नुको दृश्य देखियो । सानो खहरे बग्ने कान्ले खोल्सीले बिशाल रुप लिएको रहेछ । त्यहाँ रहेका इटिनी, कागुने गाउँको नाम निसाना छैन । ड्यामका पाँच तले घर कहाँ हो कहाँ ? सबै सुनकोसीमा थुप्रिसकेछन् ।
एकै पटक तलैदेखि चट्टाने ढिस्को सुलुत्त चिप्लिएको जस्तो लाग्यो । निद्रामा परेका गाउँलेले कुनै पत्तो नै पाएनन्, साइन् आइया भन्न सकैले पाएन । वारिबाट हुत्तिएको पहिरो पारि टेकानपुरको दाबी गाउँ भ्याउँदै फर्केर पुनः ड्यामतिर तेर्सिएछ । सुनकोसीमा बनेको बिशाल बाँध, च्याप्प थुनिएको खोला । चट्टानको भयानक ढिस्कोले छेक्दा सुनकोसी देखिएन । सुरक्षाकर्मीले ड्यामबाट गाडिएको अवस्थामा २७ जनाको उद्दार गरे । कान्ले चट्टानमूनिको इटिनी गाउँवासी घटनाको तीन घण्टा अघि नै भाग्न भ्याएछन् । राति ११ बजेतिर घर हल्लिएको जस्तो अनुभूति गरेपछि उनीहरु भागेका रहेछन् । कागुने, ड्याम, राम्चेको ड्याम र दाबी गाउँका एक जना फुत्कन सकेका होइनन् । बाहिर रहेका जति बँचे, बँचे, घरमा रहेका सबै चिरिप्प । घटनाको मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्न हम्मे प¥यो । प्रत्यक्षदर्शी को भन्ने रहेन । ड्यामका केही घर र स्थानीय भागेर बाँच्न सकेका रहेछन् । अत्ताल्लिएका उनीहरुलाई घटनावारे कुनै पत्तो छैन, कसरी के भयो भनेर । भिमकाय आवासले ब्यूझिएका उनीहरु घरभित्र लेदो पसेपछि भागेका रहेछन् । केही भाग्दा भाग्दै परे ।
स्थानीय आसवासका गाउँलेको सहायातामा स्थानीय प्रशासनले क्षतिको प्रारम्भिक विवरण संकलन ग¥यो । तीन गाउँ बिलय हुँदा झण्डै सय घर बगाएको र डेढ सय व्यक्ति पुरिएको तथ्यांक प्रशासनले दियो । बेपत्ताको खोजी भन्दा पनि प्रशासनलाई थुनिएको सुनकोसीको चिन्ता थियो । सुरक्षाकर्मी नदीलाई निकास दिन चिन्तित थिए । उनीहरुले गृहमन्त्रालयमा यसबारे फोनबाट कुरा पु¥याउन थाले । भन्थे, ‘बाँध फुट्यो भने ठूलो विनास हुन्छ । सप्तकोसीसम्म भ्याउँछ ।’ स्थानीय अधिकारी घटनास्थलमै जंगिए । एक अधिकारी सहकर्मीलाई गृहसचिवको आदेश सुनाउँदै थिए, ‘डोजर लगाएर पानीको निकास दिनु ।’
घटनाको जानकारीपछि आफन्तको भिड बाक्लिलै छ । ‘म मात्रै बाँचे । मेरो सबै परिवार लग्यो,’ ‘मेरा माइती कोही रहेनन्,’ जस्ता क्रन्दनले सन्नाटा छाउँछ । पिडित परिवार, स्थानीयवासी, सुरक्षा अधिकारीसँग घटनाको बारेमा जानकारी लिएर फर्कँदा साँझको चार बज्न खोज्दै छ । त्यन्जिेल हेलिकप्टरबाट होर्लिएका सेना बाँधमा विस्फोट गर्दै पानी निकास दिन प्रयासरत थिए । आफूलाई समाचार लेखेर कसरी पठाउने भन्ने अर्को चिन्ता थपियो । पहिरोले ट्रान्समिटर टावर बगाउँदा विद्युत आपूर्ति रोकिएको छ । फर्केर दोलालघाटमा पुगी अनलाइनका लागि केही तस्बिर पठाएँ । नागरिकन्यूजले सार्वजनिक गरेका स्थलगत रुपमा खिचिएका ती तस्बिर नै पहिला थिए । सदरमुकाम चौतारा पुगेर समाचार तयार पार्दा नौ बजिसकेको थियो, पठाउन समस्या भयो । एक बैंकको ‘ब्याक अफ पावर’ बँचेको रहेछ । अनुनयपछि बैंक प्रवन्धकले समाचार पठाउन दिए । बल्ल मन ढुक्क भो । त्यो भयावह घटनाले राति निदै परेनन् । आँखा झिमिक्क लागेको होइन् । यस्तो विपत्ति कहिल्यौ नहोस भन्ने कामना गर्दै खुइय गर्दै रात कटाइयो ।

No comments:
Post a Comment